site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो असारसम्म चुक्ता पुँजी बढाउन बाध्यकारी प्रावधान लागु गरेपछि यो वर्ष लगानीकर्ताले बोनस सेयरमात्र पाउने भएका छन् । 
यो वर्ष कर प्रयोजनका लागिमात्र बैंक तथा वित्तीय संस्थाले ज्यादै न्यून अर्थात् १ प्रतिशत हारहारीमा मात्र नगद लाभांश दिने भएका छन् । कतिपय बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन भन्दै २५ प्रतिशतसम्म बोनस सेयर र १ प्रतिशतमात्र नगद लाभांशको घोषणा गरेका छन् । पुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले बोनस सेयरका अतिरिक्त हकप्रद र थप सेयर (एफपीओ) समेत जारी गर्दैछन् । 
सानिमा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंकलगायत अन्य विकास बैंक तथा वित्त कम्पनीहरुले धमाधम बोनस सेयर घोषणा गर्न थालेका छन् । पुँजी बढाउन जनता बैंकले २ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर निष्कासनको घोषणा गरिसकेको छ । त्यस्तै, प्राइम बैंकको सञ्चालक समितिले समेत पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष सार्वजनिक गरेको मौद्रिक नीतिमा आउँदो असारसम्ममा वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले साढे २ अर्ब र अन्य क्षेत्रीय स्तरका विकास बैंक, वित्त कम्पनीले पनि सोहीअनुसार चुक्ता पुँजी बढाउनुपर्ने भनेपछि बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई धमाधम बोनस सेयर र हकप्रद सेयर घोषणा गरेका हुन् । आउँदो ४ महिनाभित्र बैंक तथा वित्तीय संस्थाले ३० अर्ब रुपैयाँभन्दा बढीको एफपीओ र हकप्रद सेयर निष्कासन गर्ने भएपछि यसको असर दोस्रो सेयर बजारमा पर्ने अनुमान गरिएको छ । त्यस्तै, एफपीओ र हकप्रदले बजारमा सेयरको आपूर्ति बढाउने भएपछि सेयरको भाउमा गिरावट आउने अनुमान लगानीकर्ताको छ । 
हालसम्म सरकारी स्वामित्वको कृषि विकास बैंकको चुक्ता पुँजी सबैभन्दा बढी १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ । त्यस्तै, सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको पुँजी पनि धेरै छ । राष्ट्रिय वाणिज्यको ८ अर्ब ५८ करोड ९० लाख र नेपाल बैंकको ६ अर्ब ४६ करोड ५० लाख रुपैयाँ छ । 
आगामी असारसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍ याउन वाणिज्य बैंकहरुले विकास बैंक र वित्त कम्पनीलाई गाभ्ने र किन्ने काम पनि गरिरहेका छन् । केही ठूला बैंक पनि एकआपसमा गाभिएका छन् । 
अहिले सबैभन्दा  कम चुक्ता पुँजी जनता बैंकको छ । उसको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँमात्र छ । जनताले चुक्ता पुँजी बढाउन २ बराबर अनुपातमा १ हकप्रद सेयर निष्कासन गरेर पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुर्‍ याउँदैछ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब २४ करोड ८२ लाख रुपैयाँ र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २ अर्ब ३५ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी छ । 
निजी क्षेत्रको सबैभन्दा बढी पुँजी भएको बैंकमा नेपाल इन्भेष्टमेन्ट हो । उसको पुँजी ७ अर्ब २५ करोड ५५ लाख रुपैयाँ छ । यस्तै ग्लोबल आईएमई बैंकको ६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ छ । हाल देशभर २८ वाणिज्य बैंक सञ्चालनमा छन् । 
‘ख’ वर्गका विकास बैंकले पनि चुक्ता पुँजी पुर्‍ याएका छैनन् । राष्ट्र बैंकले केन्द्रीय स्तरको विकास बैंकले साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍ याउन निर्देशन दिएको छ । केन्द्रीय स्तर र क्षेत्रीय गरी ६७ विकास बैंक सञ्चालनमा छन् । हालसम्म सबैभन्दा बढी पुँजी कैलाश विकास बैंकको छ । उसको पुँजी १ अर्ब ५८ करोड रुपैयाँ छ । यति डेभलपमेन्ट बैंकको १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकको १ अर्ब १४ करोड ४५ लाख, ओम डेभलपमेन्ट बैंकको १ अर्ब ५ करोड २९ लाख, एस डेभलपमेन्ट बैंकको १ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro