site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनता बैंकले मंसिरदेखि हकप्रद सेयर निष्कासन गर्ने, ३ वर्षमा १ अर्बभन्दा बढी नाफा गर्ने लक्ष्य
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । जनता बैंकले चुक्ता पुँजी बढाउन आगामी मंसिर १ गतेदेखि २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको १ करोड ३ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । निष्कासन बन्द हुने हुने मिति पुस ५ गतेलाई तोकिएको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । हाल चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । आगामी असारसम्म चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 
यसैगरी संस्थापक र सर्वसाधारणको लगानी संरचना परिवर्तन गरेको बैंकले जनाएको छ । जसअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व रहनेछ । बैंकले आर्थिक वर्ष ०७५/०७६मा चुक्ता पुँजी बढाएर ९ अर्ब ४४ करोड ८० लाख रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरेको छ । असारसम्म बैकले निक्षेप परिचालन ४० अर्ब ४२ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । 
आउँदो असारसम्म बैंकले ५४ करोड १६ लाख रुपैयाँ खुद नाफा गर्ने लक्ष्य लिएको छ । यस्तै आव ०७५/०७६ मा खुद नाफा १ अर्ब रुपैयाँ लक्ष्य लिएको बैंकले जानकारी दिएको छ । चालु आवमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा रहेकोमा बढाएर ३ वर्षमा ११ रुपैयाँ बढी पुर्‍याउने बैंकले जनाएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro