अर्थ व्यवसाय
काठमाडौं महानगरपालिकाको आन्तरिक आम्दानी २२ प्रतिशत वृद्धि भएको छ ।
महानगरले सबै सेवामा अनिवार्य कर तिनुपर्ने व्यवस्था गरेपछि चालु आर्थिक वर्ष २०७३ असोज महिनाको आम्दानी २२ प्रतिशतले बढेको महानगरका राजश्व विभागका महाशाखा प्रमुख धु्रव काफ्लले जानकारी दिए ।
काफ्लेका अनुसार आर्थिक वर्ष २०७२ असोजमा महानगरको आन्तरिक आम्दानी १७ करोड ६९ लाख २३ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्ष २०७३ को असोज महिनामा २१ करोड ६५ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत वर्षको तुलनामा ३ करोड ९६ लाख ३१ हजार रुपैयाँ वृद्धि भएको हो ।
नक्साको दस्तुर राजश्व र घर जग्गाको कर उिठाउने जिम्मा पाएपछि महानगरको आन्तरिक आम्दानी बढेको काफ्लले बताए । “नक्सा पास गरेको दस्तुर भवन निर्माण इजाजत विभागले लिने गथ्र्यो”, उनले भने “चालुु आर्थिक वर्षबाट रकम असुलीको जिम्मा राजश्व विभागले पाएको हो ।”
त्यसैगरी घर जग्गा बक्यौता कर असुली तथा छुट, जग्गाको करलगायत पनि महानगरले उठाउन थालेपछि महानगरको आम्दानी बढेको उनको भनाइ छ । महानगरले नक्सा स्वीकृती दस्तुर प्रति स्क्वायर फिट १० रुपैयाँले बढाउनु पनि राजस्व बढ्नु अर्को कारण हो । महानगरले गत वर्षको भूकम्पले पूर्णक्षतीग्रस्त घरजग्गाको ७५ प्रतिशत तथा आकस्मिक क्षतीग्रस्त घरमा २५ प्रतिशत कर छुट दिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १८:०८
प्रतिक्रिया दिनुहोस्