अर्थ व्यवसाय
काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले झरेको नेप्से मंगलबार २.४६ अङ्कले माथि उक्लिएको छ ।
होटल, फाइनान्स, बिमा र अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाणिज्य बैंक, विकास बैंक, जलविद्युत् समूहको परिसूचक ओरालो लागेको छ ।
सबैभन्दा बढी बिमा समूहको परिसूचकमा १०५ अङ्कले बढेकाले समग्र नेप्सेमा सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । जलविद्युत् आधा र विकास बैंक ६।३९ अङ्कले ओरालो लागेको छ । बुधबार दिनभर १३० कम्पनीको रु ८१ करोड ८२ लाख सेयर कारोबार भएको छ । सबैभन्दा बढी शिखर इन्स्योरेन्सको छ करोड ३७ कित्ता अर्थात् रु छ करोड २० लाख सेयर किनबेच भएको छ । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १७:०४
प्रतिक्रिया दिनुहोस्