भोजपुर । भोजपुरबाट विराटनगर र काठमाडौँ जानका लागि हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ । भोजपुरदेखि राजधानी र विराटनगर जाने यात्रुको चाप बढेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए ।
टिकटका लागि अहिले नेपाल वायु सेवा निगमको कार्यालय अगाडिको भित्तासमेत नामावलीले भरिएको छ । निगमको कार्यालयको भित्तामा आगामी कात्तिक २७ गतेसम्मका लागि टिकटको नामावली टाँस गरिएको छ । भोजपुर विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले सोमबार, मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँमा चारवटा र सोमबार, मङ्गलबार, बिहीबार विराटनगरका लागि तीन उडान भर्दै आएकोे प्रमुख पुरीले बताए । यता निजी उडान गर्दे आइरहेको तारा एयरलाइन्सको जहाजले भने बिहीबार काठमाडौँ भोजपुरमा एक उडान गदैँ आएको छ ।
रासस