अर्थ व्यवसाय
काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकले आफना सेयरधनीलाई वोनस सेयर र नगद लाभाँश घोषणा गरेको छ ।
बैकको हिजो सोमबार बसेको १० औ साधारणसभाले २५ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.३ प्रतिशत नगद लाभाँश दिने प्रस्तावलाई स्वीकृत गरेको छ । यस्तै बैंकको चुत्तापुंजी बढाउन ३५ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि साधारणसभाले पारित गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । चुक्तापुंजी बढाउनका बैंकले २५ वोनस सेयर दिने र हकप्रद सेयर निश्कासन गर्न लागेको हो । आउदो असारसम्म बैंकले पुंजी बढाउदै छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ ११:३५
प्रतिक्रिया दिनुहोस्