अर्थ व्यवसाय
काठमाडौं । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश घोषणा गरेको छ ।
बैंकको ३२२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । सो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृती र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । बैंकले पुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर दिएको हो । आगामी असारसम्म एनएमबीले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउँदैछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ ११:२८
प्रतिक्रिया दिनुहोस्