site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा आर्थिक सहायताको नाममा राज्यको ढुकुटीबाट विभिन्न व्यक्ति तथा संस्थालाई करोडौं रुपैयाँ बाँडेको छ । 
उपचारका लागि भन्दै सरकारले विभिन्न व्यक्तिका लागि साउन, भदौ र असोजमा गरी ५ करोड ५६ लाख रुपैयाँ बढी रकम बाँडेको हो । गत साउनदेखि औषधि उपचारलगायत विभिन्न शीर्षकमा सरकारले मन्त्रिपरिषद्बाट पारित गरी रकम बाँडेको हो । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनमा सरकारले १ करोड ६१ लाख २३ हजार रुपैयाँ, भदौमा १ करोड ३२ लाख १८ हजार र असोजमा २ करोड ६३ लाख रुपैयाँ बाँडेको छ । यस अवधिमा सरकारले २ करोड ४० लाख २३ हजार रुपैयाँदेखि न्यूनतम १० हजार रुपैयाँसम्म बाँडेको छ । 
सिराहाका घाइते बद्रीरामलाई उपचारका लागि भन्दै गृह मन्त्रालयबाट ७३ हजार, चिकित्सकको शिफारिशका आधारमा गोविन्द भट्टराईलगायत ७८ जनालाई १ करोड ३१ लाख ५० हजार रुपैयाँ गृहमार्फत उपचार खर्च उपलब्ध गराइको छ । यस्तै सञ्जय पण्डित फाउन्डेसन नेपाललाई ५ लाख रुपैयाँ र वैतडीका मनोजकुमार चन्दलाई ३ लाख रुपैयाँ संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत उपलब्ध गराइको छ । 
विशेश्वरा दाहाल, रीता आचार्य, चर्तुभुज आत्रेय, दीलिप लाभा, रुद्रबहादुर कुरुङवाङ, किर्ती सिंह, सिर्जना गोले, मीना परियार र गणेश सापकेटालाई गृहमार्फत १४ लाख रुपैयाँ उपलब्ध गराइएको छ । पत्रकार चक्रपाण्ी नेपाललाई २ लाख रुपैयाँ उपचार र सञ्चार खर्च मन्त्रालयमार्फत उपलब्ध गराइएको छ । प्रा.डा. रत्नकमल वैद्यलाई उपचारका लागि भन्दै स्वास्थ्य मन्त्रालयबाट १ लाख रुपैयाँ उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । 
यस्तै भदौमा घनेन्द्र बस्नेत, सिद्धराज जोशी, गणेश मैनाली, गंगालक्ष्मी श्रेष्ट मधुकर पोखरेल, बैकुण्ठ थापा, निशा धामी र रविन्द्र शाहीलाई समेत गरी कुल १३ लाख रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै आर्थिक सहायता पाउनेमा अन्य धेरै व्यक्ति तथा संस्था रहेका छन् । सबै आर्थिक सहयोग मन्त्रिपरिषदबाट पारित गरेर उपलब्ध गराईको पाइएको  छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro