site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ खेलाडीहरूको दसैँ योजना
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
निशा रावल
ओलम्पियन (तेक्वान्दो)
मेरो यो पटकको दसैँ अमेरिकामा बित्नेछ । म अमेरिकामा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा विशेष अथिति बनेर त्यसतर्फ जानेछु । त्यसैले मेरो दसैँ अमेरिकामा हुनेछ । त्यहाँ पनि धेरै नेपालीहरू हुनुहुन्छ, खेलाडीहरू छन् । त्यसैले नेपालमा जस्तै रमाइलो हुन्छ भन्ने लागेको छ । नेपालमा जस्तै त्यहाँ पनि टीका, जमरा र गुरुहरूको आशीर्वाद लिएर दसैँ मनाउनेछु ।
नेपालमा भएको भए काठमाडौँमै मनाउने थियौं । मामाघर जाने, टीका लगाउने, मिठो मिठो खाने योजना थियो । दसैंको बेला फुर्सद हुने हुँदा साथीहरूसँग घुम्न पनि गइन्थ्यो । तर, अमेरिकामा पनि दसैं रमाइलो नै होला भन्ने लागेको छ । यो पटकको दसैँमा नयाँ अनुभव हुनेछ ।
शिरिष गुरुङ
ओलम्पियन (पौडी)
यो पटकको दसैं विशेष मनाउनेछु । किनकि मेरो सपना थियो ओलम्पिक खेल्ने, ब्राजिलको ओलम्पिक खेल्न पाएँ र  मेरो सपना पनि साकार भयो । त्यसैले यो पटकको दसैं विशेष तरिकाले मनाउने योजना छ ।
अघिलो वर्ष ओलम्पिक तयारी गर्दा दसैं मनाउन पाइएन, त्यो बेला थाइल्याण्डमा बित्यो दसैं । यो पटक फ्री छु ।  अब जाडो महिना सुरु भएकोले अभ्यास पनि त्यति धेरै हुँदैन । त्यसैले यो पालिको दसैं निकै रमाइलो होला भन्ने लागेको छ ।
दसैंको दिन ठूलो ड्याडीको घरमा गएर टीका लगाउनेछौं । त्यहाँ नाचगान हुन्छ हाम्रो । तास खासै खेल्दिनँ, ठूला मान्छेहरू मात्र खेल्छन् । त्यसैले हामीचाहिँ विभिन्न परिकार खाएर, नाचेर दसैं मनाउने हो । 
दसैंको बेला काठमाडौँको रोड निकै खुला हुन्छ । म, बाइक राइडमा सोखिन पनि हुँ । त्यसैले अन्य बेला बाइक काठमाडौँमा राम्ररी कुदाउन पाइन्नँ । तर, दसैंमा खुला हुने हुँदा बाइक राइड मज्जाले गर्ने योजना छ । साथीहरूसँग बाइक राइड गर्दै विभिन्न ठाउँ घुम्ने योजना पनि छ ।
अनिल गुरुङ
कप्तान (फुटबल)
दसैं सधैं विशेष हुनेगर्छ । हामी बुद्ध धर्म मान्ने भएकाले टीका लगाउँदैनौं, अरु सबै अन्य नेपालीले जसरी मनाउँछन्, त्यसरी नै मनाउने गर्छौं । यो पाली दसैमा परिवार, नातेदार, आफन्तहरूसँग गेट टुगेदर गरेर मनाउने प्लान छ  । विशेष योजना केही छैन । घरमै दसैँ बित्नेछ ।
यो दसैँमा खासै प्लान गरेको छैन । तर, स्कुल पढ्दाको ३–४ जना साथीहरू विदेशबाट आउँदैछन् । उनीहरूले गेटटुगेदर गरेर मनाउनुपर्छ भनेका छन् । साथीहरू धेरै पछि आउँदैछन्, रमाइलो होला भन्ने लागेको छ । 
त्यसबाहेक यो दसैंमा मेरो दैनिकी अभ्यासमा बित्नेछ । सबै खेलाडीलाई बिदा त हुन्छ तर अहिले पनि सेल्फ ट्रेनिङ गरेर बिताउने गरेको छु । दसैँलगत्तै सोलिडारिटी कप फुटबल हुँदैछ । त्यसैको लागि आफूलाई तयारीमा राख्ने योजना छ ।
सोमपाल कामी
क्रिकेट खेलाडी
यो दसैँ मेरो विशेष हुनेछ । म यो दसैं गुल्मीमा मनाउनेछु । म गुल्मीमा धेरैपछि दसैँ मनाउँदैछु । दसैंको लागि भनेर आमाबुबा पनि गुल्मी आउनुभएको छ । त्यसैले निकै रमाइलो हुनेछ ।
मेरो गुल्मी बसाइ निकै अवस्मरिय बनेको छ । किनकि मैले मेरो गाउँमा धेरै कम मान्छेलाई चिनेको छु । तर, यहाँ मलाई सबैले चिन्नुहुने रहेछ । मलाई भेट्न धेरै टाढा टाढाबाट आउनुभएको छ, आइरहनु भएको छ ।
मलाई यहाँ भेट्न आउनेहरूले खसी, कुखुरा, फलफूल लिएर आउनुहुन्छ । दसैंको मौसममा आश्चर्यजनक कुराहरू हुँदा मलाई निकै गर्व लागेको छ ।
यो पालिको दसैँमा पूजाहरू हुन्छ । मन्दिर गएर परेवा उडाउने योजना छ । गाउँमा सबै आफन्तको घरमा गएर टीका लगाउने योजना पनि छ । जे होस्, दसैँ भव्यताका साथ मनाउने योजना छ । मलाई त अहिलेबाटै दसैँ लागेको छ । मेरो समर्थकहरूको माया देखेर दंग छु ।
दीपक बिष्ट
कीर्तिमानी पूर्वतेक्वान्दो खेलाडी तथा प्रशिक्षक 
मेरो यो पटकको दसैं टीका नलगाई हुनेछ, किनकि मेरो हजुरआमाको जुठो परेको छ । तर, पनि सबै परिवार यहीँ छन् । यो पालिको दसैँ काठमाडौँमै बित्नेछ । दसैंमा टीका नलगाए पनि गेटटुगेदर हुन्छ, रमाइलो गरिन्छ  । 
अन्य दसैंमा पुख्र्यौली घर गइन्थ्यो । डडेल्धुरामा पूजा हुन्थ्यो । तर, यो पाली जुठो परेकोले त्यसो हँुदैन । डडेल्धुराको साटो सबै काठमाडौँमै छौं । बुबाआमा सबै यतै छन् । त्यसैले  काठमाडौँमा फरक दसैँ हुनेछ ।
अरुबेला परिवारलाई समय दिन पाइँदैन । तर, यो दसैंको पाँच दिनचाहि परिवारसँग हुनेछु । परिवारसँग बसेर आफ्नो, परिवारको भविष्यबारे छलफल गर्नेछौं, किनकि अरुबेला फुर्सद नै हँुदैन । यसपटक दसैंको अरु खासै नयाँ प्लान केही छैन । मेरो दसैँ पारिवारिक रमाइलोमै बित्नेछ ।
दीपक श्रेष्ठ
कराँते पूर्वखेलाडी तथा प्रशिक्षक
यो पटकको दसैँ फूलपातीकै दिनबाट लाग्यो मलाई । फूलपातीको दिन पोखरा घुम्न गयौं परिवारसहित । ३ दिने पोखरा बसाइ निकै रमाइलो भयो । अन्य खासै अर्को प्लान बनेको छैन । दसैँ चापागाउँ (घर)मा मनाउनेछौं । 
घरमा ९० वर्षकी हजुरआमा हुनुहुन्छ । उहाँको हातबाट टीका र आशीर्वाद लिनेछु । त्यस्तै बाबुआमाको हातबाट पनि टीका लगाउनेछौं । जे होस्, दसैँ साधारण नेपालीले जसरी मनाउँछन्, हामी पनि त्यसैगरी मनाउँछौं । 
दसैंमा रमाइलोका लागि तास खेल्ने चलन छ । तर, मलाई खेल्न आउँदैन, हेरेर रमाइलो गर्छु । त्यसबाहेक दसैंमा बिदा हुने हँुदा सबै आफन्त, नातेदारसँग भेट हुन्छ । उहाहरूसँग रमाइलो गर्ने, गेटटुगेदर गर्ने योजना छ ।
दसैंको बेला परिवारसँग हलमा गएर फिल्म हेर्ने योजना पनि छ ।
रबिना महर्जन
टेबल टेनिस खेलाडी
दसैँमा टीका लगाउन मिल्दैन ।  काका र ठूलीआमाको जुठो छ ।  तर, टीकाबाहेक अन्य कुराहरू दसैंमा गरिन्छ । परिवारसँग बसेर दसैँ मनाइन्छ । दसैंमा ट्रेनिङहरू छैन । गेमहरू पनि छैन । त्यसैले रमाइलो गरेर बित्नेछ दसैँ ।
दसैंमा तास खेल्न रमाइलो हुन्छ । हल्का तास खेल्ने, नातेदारकोमा गएर ग्यादरिङ गर्ने, मिठो मिठो परिकार बनाएर खाने योजना छ । घुम्न जान एकदमै मन पर्छ । तर, यो पालिको दसैंमा घुम्न जाने प्लान बनिसकेको भने छैन । यदि प्लान बन्यो भने साथीहरूसँग घुम्न पनि जान सकिन्छ ।
दसैँको बिदामा फिल्महरू हेरेर बस्नेछु । फिल्म हेर्न हलमा भन्दा पनि घरमै बसेर हेर्न रमाइलो लाग्छ । त्यसैले घरमै बसेर फिल्महरू हेरिन्छ । अरु त खासै प्लान छैन दसैंको ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७३  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro