site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस विधान तयार गर्न मस्यौदामाथि छलफल सुरु
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले सोमबारबाट विधानको प्रारम्भिक मस्यौदामाथि छलफल सुरु गरेको छ । विधान संशोधन मस्यौदा समितिले सोमबारदेखि प्रदेश नम्बर १ को इलाम, प्रदेश नम्बर ३ को ललितपुर र कर्णाली प्रदेशको सुर्खेतबाट प्रारम्भिक मस्यौदामाथि एकसाथ छलफल सुरु गरेको हो । 

विधान संशोधन मस्यौदा समितिले इलाममा प्रारम्भिक मस्यौदामाथि छलफल गर्न समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरु आनन्दप्रसाद ढुंगाना र नवीन्द्रराज जोशीलाई खटाएको छ । उक्त छलफलमा झापा, इलाम, पाँचथर, ताप्लेजुङका जिल्ला सभापतिहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु, दुई जना प्रतिनिधिसभा सदस्य, एक जना राष्ट्रियसभा सदस्य र दुई जना प्रदेशसभा सदस्य तथा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु सहभागी छन् । दुई दिनसम्म चल्ने छलफलमा कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ प्रमुख अतिथि रहेका छन् । 

विधान संशोधन मस्यौदा समितिका सदस्यद्वय ढुंगाना र जोशीको नेतृत्वमा रहेको उक्त टोलीले असोज ११ र १२ गते प्रदेश नम्बर १ कै विराटनगरमा छलफल तथा अन्तरक्रिया गर्ने बताइएको छ । उक्त छलफलमा मोरङ, सुनसरी, उदयपुर, धनकुटा, भोजपुर, ओखलढुङ्गा, संखुवासभा, सोलुखुम्वु, खोटाङ, तेह्रथुमका जिल्ला सभापतिहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु, १३ जना प्रतिनिधिसभा सदस्य, १९ जना प्रदेशसभा सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु सहभागी रहने कांग्रेसले जनाएको छ ।

KFC Island Ad
NIC Asia

विधान संशोधन मस्यौदा समितिले प्रदेश नम्बर ३ अन्तर्गत ललितपुरको सानेपामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यालयमा दुई दिनसम्म चल्ने छलफल तथा अन्तरक्रिया कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा विधान संशोधन मस्यौदा समितिका सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र सीता गुरुङले सहजीकरण गरिरहेका छन् । 

काठमाडौँ, ललितपुर, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुरका जिल्ला सभापतिहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरुसँगै ७ जना प्रतिनिधिसभा सदस्य, २ जना राष्ट्रियसभा सदस्य, १९ जना प्रदेशसभा सदस्यसहित भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरुहरु छलफल कार्यक्रममा सहभागी छन् ।  

Royal Enfield Island Ad

प्रदेश नम्बर ३ का काभ्रे, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक जिल्ला सभापतिहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु, एक जना प्रतिनिधिसभा सदस्य, तीन जना प्रदेशसभा सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरुसँग असोज ११ र १२ गते धुलिखेलमा छलफल कार्यक्रम गरिने समितिले जनाएको छ । 
त्यस्तै, कांग्रेसको विधान संशोधन मस्यैदा समितिले कर्णाली प्रदेशका लागि सुर्खेतको विरेन्द्रनगरमा प्रारम्भिक मस्यौदामाथि छलफल गरिरहेको छ । समितिका सदस्य मानबहादुर विश्वकर्मा र प्रदीप पौडेलले सहजीकरण गरिरहेको कार्यक्रममा चित्रलेखा यादव प्रमुख अतिथि छन् । 

दुई दिनसम्म चल्ने उक्त छलफलमा सुर्खेत, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यानका जिल्ला सभापतिहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु, एक जना प्रतिनिधिसभा सदस्य, ६ जना प्रदेशसभा सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु उपस्थित छन् । 

समितिले प्रदेश नम्बर २ को जनकपुरमा असोज ९ र १० गते तथा विरगञ्जमा १२ र १३ गते, प्रदेश नम्बर ४ को पोखरामा ९ र १० गते तथा बाग्लुङमा १२ र १३ गते प्रारम्भिक मस्यैदामाथि छलफल तथा अन्तरक्रिया गरेर सुझाव संकलन गर्ने भएको छ । 

समितिका अनुसार प्रदेश नम्बर ५ को भैरहवामा ९ र १० गते तथा घोराहीमा १२ र १३ गते तथा प्रदेश नम्बर ७ को धनगढीमा १२ र १३ गते प्रारम्भिक मस्यैदामाथि छलफल हुनेछ । 
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान संशोधन समितिले छलफलका लागि विकल्पसहितको प्रारम्भिक मस्यौदा तयार गरेर सात वटै प्रदेशमा छलफल गरेर सुझाव संकलन गरिरहेको छ । सोमबारदेखि असोज १३ गतेसम्म सात वटै प्रदेशका विभिन्न स्थानमा सुझाव संकलनका लागि प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने कार्यक्रमहरु तय गरिएको समितिले जनाएको छ । 

प्रदेशहरुमा आयोजना गरिने छलफल कार्यक्रममा नेता–कार्यकर्ताहरुबाट प्राप्त सुझावका आधारमा विधानको अन्तिम मस्यौदा तयार गरिने बताइएको छ । मस्यौदा समितिले प्रारम्भिक मस्यौदामा प्राप्त सुझावहरुको आधारमा अन्तिम मस्यौदा तयार गरेर केन्द्रीय कार्यसमिति समक्ष पेश गर्ने म्याण्डेट पाएको छ । 

‘‘एकीकृत मस्यौदामा समेटिएका सुझावहरु लिएर हामी प्रदेशमा जान्छौं । प्रदेशमा कांग्रेसको महासमिति, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सभापतिलगायतका लिडरहरु हुन्छन् । मस्यौदमा समेटिएका इस्युहरुमा उहाँहरुको राय लिन्छौं । राय आइसेकपछि कुन प्रदेशबाट के–कस्तो राय आयो, ज्यादा ग्रेविटी कतापट्टि देखिन्छ, त्यो आधारमा विधान मस्यौदा तयार हुन्छ,’’ मस्यौदा एकीकृत गर्ने जिम्मेवारी पाएका केन्द्रीय सदस्य रमेश लेखकले बाह्रखरीसँग भने । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro