site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा बसेर संगठन विस्तार गर्दै विप्लव, समात्ने रणनीतिमा प्रहरी
SkywellSkywell

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सोमबार चौथोपटक पक्राउ परे । सर्वोच्च अदालतले प्रहरी प्रशासनलाई सचेत गराउँदै रिहाको आदेश दिए पनि प्रहरीले भने पटक–पटक पक्राउ गर्दै आएको छ । सोमबार नुवाकोट जिल्ला अदालतले रिहा गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीले प्रकाण्डलाई अदालत परिसरबाटै पक्राउ गरी भोजपुर लगेको छ । 

नेतृ उमा भुजेललगायत नेकपाका थुप्रै नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । भोजपुर जिल्ला अदालतले यसअघि नै प्रदेशसभा एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला उमेदवार शेरधन राईलाई लक्षित गरी बम आक्रमण गर्ने घटनामा संलग्न रहेको भन्दै विप्लव, प्रकाण्डसहितका नेतालाई अदालतमा उपस्थित गराउन वारेन्ट जारी गरेको थियो । 

KFC Island Ad
NIC Asia

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री नेकपाका नेता–कार्यकर्ताविरुद्ध विभिन्न जिल्लामा मुद्दा रहेकाले पक्राउ गरेको बताउँछन् । प्रकाण्ड गत साउन २२ मा पहिलोपटक पक्राउ परेका थिए । त्यसपछि उनी अदालत परिसरबाटै पक्राउ पर्दै आएका छन् । यो प्रहरीको पुरानै तरिका हो । युद्धकालीन समयमा पनि तत्कालीन माओवादी कार्यकर्तालाई अदालतले छाड्ने आदेश दिए पनि सरकारको आदेशमा समात्दै अन्य मुद्दा चलाइने गरेको थियो । “ऐनकानुन विपरित गविविधि गर्ने जोकोही भए पनि प्रहरीले कानुनको दायरामा ल्याउँछ, त्यसैअनुरुप नेकपाका नेता–कार्यकर्ता प्रहरी निगरानीमा छन्,” एसएसपी क्षेत्रीले भने । पछिल्लो ४ महिनामा देशभरबाट विप्लव र सिके राउतका १२५ जना नेता–कार्यकर्ता पक्राउ परेको जानकारी उनले दिए । यसमध्ये अधिकांश नेकपाका नेता–कार्यकर्ता छन् । 

६ जिल्लामा विप्लवको सैन्य अभ्यास
मुलुकका ४ वटै सुरक्षा निकायले आन्तरिक सुरक्षामा विप्लव नै सबैभन्दा ठूलो चुनौती भएको रिपोर्ट पटक–पटक सरकारलाई बुझाइसकेका छन् । प्रहरीको विशेष अनुसन्धान टोलीले विप्लव नेतृत्वको पार्टीले मध्यपश्चिमका रुकुम, रोल्पा, जाजरकोट, सल्यान, प्युठान र पूर्वको इलामका गोप्य स्थानमा गतिविधि गरिरहेको र तालिमको तयारी भइरहेको निष्कर्ष निकालेको छ ।

Royal Enfield Island Ad

“नेकपासँग हतियार पनि छन् । कतिपय स्थानमा उनीहरुले केही हतियारसहित तालिम गरेको सूचना छ । तर, कति हतियार छन्, त्यो खोल्न मिल्दैन,” एक उच्च प्रहरी अधिकारीले भने, “बरामद भएका कतिपय गोप्य दस्तावेजमा सैन्य अभ्यासका लागि भएका रणनीतिक निर्णय, चन्दा माग्दा खुलाइएको प्रयोजन र राज्यविरुद्ध भइरहेको ठूलो तयारीको प्रमाण भेटिएका छन् । अदालतले प्रमाण पुग्दापुुग्दै पनि छोड्न आदेश किन दिइरहेको छ, यो बुझ्न सकिएको छैन ।”

भारतमा बसेर संगठन विस्तार गर्छन् विप्लव
संविधान खारेजीको मागसहित सशस्त्र क्रान्तिको नारा दिएर अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका नेता विप्लव पछिल्लो समय भारतमा बस्न थालेको निष्कर्ष पनि सुरक्षा संयन्त्रले निकालेको छ । सुरक्षा स्रोतले भन्यो, “विप्लवको अधिकांश बास भारतमा हुने गरेको पाइएको छ । कतिपय समयमा गोप्य बाटोबाट उनी नेपाल आएको पनि देखिन्छ ।” विप्लवको योजनामा नेताहरु धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ओमप्रकाश पुन, सन्तोष बूढामगर लगायतका नेताहरु नेपालमा संगठन विस्तारमा सक्रिय रहेको प्रहरी बताउँछ । प्रकाण्ड पक्राउ परे पनि अन्य नेताहरु भने अर्धभूमिगत रुपमै पार्टी गतिविधि सञ्चालन गर्दै आएका छन् ।  

भोजपुर जिल्ला अदालतले बम विष्फोट प्रकरणमा विप्लवलाई पक्राउ गरेर अदालत उपस्थित गराउन आदेश दिएपछि विप्लव प्रहरीको खोजी सूचीमा छन् । त्यसयता विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । नेपाल प्रहरीले देशभर ‘सर्कुलर’ जारी गर्दै विप्लवलाई जहाँ देख्यो, त्यही समात्न आदेश जारी गरेको छ । विप्लवलगायत नेकपाका सबै नेताहरुले प्रयोग गर्ने टेलिफोन नम्बर पनि अफ छ । देशभर चन्दा आतंक मच्चाउने, धम्क्याउने, अपहरण गर्ने, बम विष्फोट गराउने आदिमा नेकपाका नेता–कार्यकर्ताको संलग्नता देखिएको सुरक्षा निकायको निष्कर्ष छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro