राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आजका लागि बोलाइएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा वैदेशिक भ्रमणलगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान साढे १० बजे बस्नेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको देश यूएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल हुनेछ ।
बैठक बिहान ८ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ ०६:१०
प्रतिक्रिया दिनुहोस्