site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सयौं युवालाई ठगेर बेपत्ता सिकेको पीडितलाई उल्टै धम्की ! सरकारले मलाई के गर्न सक्छ र ?
SkywellSkywell

काठमाडौं । नयाँ वानेश्वरस्थित संसद् भवन नजिकै कोरल एजुकेशनल प्रालि छ । हेर्दा चिटिक्क, भित्र पनि त्यस्तै महंगो सजावट । रिसेप्सनबाट भित्र पस्नेलाई मुस्कुराउँदै भव्य स्वागत । कोरलका सञ्चालक स्याङजा स्वरेक ८ का कृष्णबहादुर सिके हुन् । सिकेलाई भेट्न रिसेप्सनबाट १–२ चरण पार गरेरै जानुपर्थ्यो ।

कोरलले युरोप, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा ग्यारेन्टीका साथ पठाउने भन्दै केही महिना पहिले पत्रिकामा विज्ञापन छाप्यो ।

\"\"त्यही विज्ञापन देखेपछि नयाँ बानेश्वरमा रहेको कोरलमा बेल्जियम जानका लागि भिसा लगाउन पसे काठमाडौंका विनोद शर्मा । विनोदले त्यहाँ कृष्णबहादुरलाई भेटे । कृष्णबहादुरले शतप्रतिशत भिसा आउने भन्दै विनोदलाई बेल्जियम पठाउने बताए । त्यहाँ जान १२ लाख लाग्ने बताए । सहमतिअनुसार ३ देखि ६ महिनामा भिसा आउने बताउँदै २ लाख ५० हजार लिए । 

KFC Island Ad
NIC Asia

विनोदले बेल्जियमको भिसा कुर्दाकुर्दै वर्षदिन बित्यो तर भिसा आएन । विनोदले सम्पर्क गर्दा कृष्णले भिसा आउँछ–आउँछ भन्दै टारे । तर पछि उनी सम्र्पकमै आउन छाडे । 

कोरलकै दुई शाखाहरु छन्, बसुन्धारामा । 

Royal Enfield Island Ad

पत्रिकामै विज्ञापन देखेपछि भिजिट भिसामा पोर्चुगल छिर्ने भन्दै गोंगबुकी उर्मिला लामा पनि नयाँ बानेश्वरमै रहेको कोरलको कार्यालयमा पुगिन् । त्यहाँ उनको भेट कृष्णसँगै भयो ।

९ लाख लगानी लाग्ने र ६० दिनभित्र भिसा आउने भन्दै उर्मिलाले ३ लाख अग्रिम बुझाइन् । ६० दिन सकियो तर उर्मिलाको भिसा आएन । कृष्ण टेलिफोन सम्र्पकमा आउन छाडे । भाइबर इमोबाट काम हुँदैछ भन्दै हराए । बाह्रखरीसँगको कुराकानीमा उर्मिलाले भनिन्, ‘‘कृष्णले क्यानडा त मेरो ट्वाइलेटजस्तै हो । आउने जाने भइरहन्छ । पोर्चुगलको भिसा त आँखा चिम्लेर आउँछ ढुक्क भए हुन्छ ।”

बालाजुका झलक लामा पनि बसुन्धारामा रहेको कोरलकै शाखा कार्यालयमा पुगे । त्यहाँ कृष्ण सिकेसँगको भेटमा वर्क पर्मिट लिएर न्यूजिल्यान्ड जाने सहमति भयो । १३ लाख लाग्ने सम्झौताअनुसार झलकले पनि अग्रिम तीन लाख रुपैयाँ अगाडि नै दिए । ३ महिनामा भिसा आउने भन्दै ढुक्क रहेका लामा पनि कृष्णबाट ठगिए । न भिसा आयो नत कृष्ण सम्पर्कमै छन् । 

तनहुँका एक जोडी लक्ष्मी श्रेष्ठ र कुमार श्रेष्ठ पनि क्यानडा जाने योजनामा कोरलबाटै ठगिए । उनीहरुबाट पहिलो चरणमा ६ लाख अग्रिम मागियो । उनीहरु पनि अहिले आफू ठगिएको भन्दै विभिन्न न्यायिक निकायमा धाइरहेका छन् । 

बालाजुका सन्दीप माल्टा, कोटेश्वरका रवीन्द्र खड्का र विराटनगरका सरोज श्रेष्ठ पनि कोरलबाटै विदेश जाने भन्दै ठगिए । पीडित विनोदका अनुसार कोरलबाट ३ सय बढी युवा–युवती ठगिएका छन् । 

रकम लिएर कृष्ण सम्पर्कविहीन, कार्यालयमा सूचना !

क्यानडनालाई आफ्नो शौचालयजस्तै भन्दै आएका कोरलका सञ्चालक सिके अहिले सयौं युवाको करोडौं रकम लिएर वेपत्ता भएका छन् ।

उनका सबै कार्यालयमा भोटेताल्चा लगाइएको छ । सबैजसो कार्यालयमा कृष्णले आफ्नै नातागोतालाई मात्रै कर्मचारी र एजेन्ट राखेका थिए । त्यसैले पनि उनलाई ठगी गर्न सहज भएको थियो । सयौं युवालाई ठगेपछि नयाँ बानेश्वरमा रहेको कोरलको ढोकामा सूचना टाँसिएको थियो ।

त्यसमा लेखिको थियो, “यस कोरल एजुकेनल इन्स्टिच्युट हालको स्थानबाट नयाँ अफिसको डेकोरेसन तीव्र रुपमा भैरहेको हुँदा उक्त अफिस तयार हुनको लागि अझै एक हप्ता समय लाग्ने हुँदा उक्त समयसम्म हालको लागि अफिस बन्द रहने जानकारी गराउँदछौं । साथै हाम्रा सम्पूर्ण ग्राहकवर्गहरुलाई पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं । आगामी जेठ ७ गते २०७५ बाट नयाँ अफिसको लोकेसेनसहित जानकारी गराउँदछौं ।”

तर अहिलेसम्म कार्यालय कहाँ खुल्यो भन्ने बारेमा कुनै जानकारी गराइएको छैन । पीडितहरु अन्योलमा छन्,‘‘कहाँ गएर सम्पर्क गर्ने ?’’

\"\"

मोवाइल अफ भाइबर र इमोमा सम्पर्क 

करोडौं रकम लिएर सम्पर्कविहीन भएका कृष्णको मोवाइल अफ छ । तर पीडितहरुलाई भाइबरमा म्यासेज गरिरन्छन् । कसैलाई पैसा फिर्ता गर्ने त कसैलाई फेरि पनि विदेश पठाइदिने आश्वासन दिइरहन्छन् । उनले इमो र भाइबरमा आफु कहिले क्यानडा त कहिले दुबईमा रहेको जानकारी दिन्छन् । पीडितहरुले आफुले प्रहरीमा उजुरी दिएको जानकारी दिएपछि सिकेले धम्की दिँदै आएको पीडित बताउँछन् । उनले पीडितहरुलाई पठाएको म्यासेजमा भनिएको छ,‘‘सरकारले मलाई के गर्न सक्छ र ?’’

पीडितहरु सिकेलाई पक्राउ गर्न गृहमन्त्रालयसहित महानगरीय अपराध अनुसन्धान महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष पनि पुगेका छन् । 

\"\"

गृहमन्त्री रामबहादुर थापाले सिकेलाई पक्राउ गरि आवश्यक कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको पीडितमध्येका एक विनोद शर्माले बताए । गृहमन्त्रीको निर्देशनपछि महानगरीय अपराध महाशाखाको टोलीले सिकेकी श्रीमतीलाई पक्राउ पनि गर्यो । तर श्रीमतीले आफुले सिकेसँग सम्बन्ध बिच्छेद गरेको दाबी गरेपछि प्रहरीले छाडेको विनोदले बताए ।

सिकेमार्फत ठगिएका थुप्रै युवाले पनि प्रहरीसमक्ष सामूहिक उजुरी दिएका छन् । महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले कोरलका सञ्चालकको खोजी भइरहेको बताए । उनले भने, ‘‘कोरल र सञ्चालक सिकेले १ सय ५० भन्दा बढीलाई विदेश पठाउँछु भनेर ठगेको जानकारी आएको छ । मुद्दा पनि दर्ता गरेका छौं । झन्डै ३ करोड ठगि गरेको अनुमान छ ।’’

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro