पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताएका छन् ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उनले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गरे ।
जनता आफैं उद्यमी बन्ने खालको शिक्षाको खाँचो औँल्याउँदै उनले ढिकुरपोखरीमा एग्रोयन्जिनियरिङ क्याम्पस स्थापना गर्न ढिलाइ गर्नु नहुने बताए ।
पाँच वर्षमा गरिबी ५० प्रतिशत घटाएर प्रदेशलाई मुलुककै नमूना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले आगामी पाँच वर्षभित्र वृद्धभत्ता मासिक रु पाँच हजार पु¥याउने योजना रहेको बताए । रासस