site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank

कानो, नाइजेरिया (रासस/एएफपी) । बोको हराम आतङ्ककारी समूहले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सात गाउँलेको हत्या गरेका छन् । प्रायः अशान्त नै भइरहने सो क्षेत्रमा गाउँलेहरुको हत्या गरिएको स्थानीय रक्षक र स्थानीय वासिन्दाले मङ्गलबार जानकारी दिएका छन् ।

बोर्नो राज्यको राजधानी मैदुगुरीबाट १३ किलोमिटर उत्तरमा मुन्दुरी गाउँमा सोमबार अबेर राति ट्रक र मोटरसाइकलमा आएका व्यक्तिहरुले बन्दुक, रकेट र ग्रिनेड आक्रमण गरेका स्थानीय बासिन्दा अब्दुल्लाही बुनुले बताएका छन् । 

“आक्रमणकारीले सात जनालाई कब्जामा लिए र शिरच्छेदन गरिदिए । त्यसपछि पूरा गाउँमा आगो लगाइदिए,” नागरिक रक्षक उमर अरीले एएफपी समाचार समितिलाई बताएका छन् ।

मारिनेमा गाउँ प्रमुख र उनकी पत्नी पनि रहेका छन् । 

बोको हराम आतङ्ककारी समूह अहिले दुई समूहमा विभाजित छ, र पछिल्लो आक्रमणमा कुन समूहको संलग्नता रहेको थियो भन्ने प्रष्ट भएको छैन । 

कट्टरपन्थी इस्लामिक राज्य स्थापना गर्ने अभियानका साथ गत नौ वर्षदेखि जारी हिंसा र हत्यामा करिब २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यस हिंसाको क्रममा २६ लाख व्यक्ति विस्थापित भइसकेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro