site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका एसएसपी पोखरेल भन्छन्– गुण्डा, तस्कर, अपराधीलाई पालेर देश बन्दैन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले गुण्डा, तस्कर, अपराधीलाई संरक्षण गरेर मुलुक बन्न नसक्ने बताएका छन् । प्रहरी प्रभाग बलम्बुद्वारा आयोजित २ सय ५ औं भानुजयन्ती अवसरमा आयोजित खुला कविता प्रतियोगितामा एसएसपी पोखरेलले यस्तो बताएका हुन् ।
एसएसपी पोखरेलले भने, ‘‘हामी आफ्नो मान्छे अपराधी हो भन्ने जान्दाजान्दै पनि त्यसलाई कानुनको दायरामा ल्याएर सुधार गर्ने प्रयास गर्दैनौं, उल्टै बचाउन खोज्छौं । यस्तो प्रवृत्तिले समाज अपराधमुक्त हुन सक्दैन ।’’ पोखरेलले अपराध मुक्त समाज निर्माणमा आमनागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै हरेक नागरिक बर्दी बिनाका प्रहरी भएको बताए । एसएसपी पाखरेलले आफू राजधानीलाई अपराधमुक्त अभियानमा लागेको बताउँदै आम नागरिकको सहयोगको अपेक्षा पनि गरे । ‘‘अपराधीको विरुद्धमा प्रहरी कठोर भएर प्रस्तुत हुन्छ, तपाईं सूचना दिएर सहयोग गर्नूस्,’’ एसएसपी पोखरेलले भने । महानगरीय प्रहरी प्रभाग बलम्बुकी प्रहरी निरीक्षक शर्मिला गुरूङले नेपाली साहित्यमार्फत् समाजमा सकारात्मक सन्देश दिन र कुसंगति विरूद्व धावा बोल्न कार्यक्रमको आयोजना गरिएको बताइन् । यस्तै प्रहरी निरीक्षक अमृत बस्नेतले समाजको हरेक गतिविधिमा सहयोग गर्न र अपराधमुक्त समाजको विकासमा प्रहरीको भूमिका अझ परिस्कृत हुनुपर्ने औंल्याए ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक केशवराज भट्टले लागुऔषध प्रयोगबाट युवाहरुलाई बचाउनुपर्ने बताए । उनले युवाहरु लागुऔषधको दलदलमा फस्दै गएको र त्यहीबाट अपराधको जन्म हुने गरेको बताए । 
२ सय ५ औं भानु जयन्ती अवसरमा आयोजित प्रहरी मेरो साथी र लागुऔषध दुव्र्यसनी शिर्षकको खुला कविता प्रतियोगितामा ईसा पौडेल प्रथम, ज्ञानदवहादुर खड्का दोस्रो, मिरा जिसि काफ्ले तेस्रो र काजल थापा चौथो हुन सफल भएका थिए । उनीहरुलाई क्रमशः २० हजार,१५ हजार,१० हजार,५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 

तस्बिर : रोशन दानी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro