एजेन्सी । विश्वकप फुटलबलको क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेविरुद्ध पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ । राफेयल भरानेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका हुन् ।
राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।पहिलो हाफमा उरुग्वेले एकपछि अर्को बल प्रहार गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्सले पनि गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।
रसियाको निज्हनी नोभ्गोरोड रंगशालामा जारी खेलमा दुबै टिम जितको खोजिमा छन् ।
उरुग्वे २ पटकको विश्वकप विजेता हो भने फ्रान्स एक पटकको विश्वकप विजेता हो । उरुग्वेले सन् १९३० र १९५० को विश्वकपको उपाधि उचालेको थियो । यता, फ्रान्सले भने सन् १९९८ को विश्वकप जितेको थियो ।