site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य ग्लोबल छनोट
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटको लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तीव्र तयारीमा जुटेको छ । आगामी अक्टोबरमा हङकङमा आयोजना हुने छनोटका लागि नेपाली राष्ट्रिय महिला टोलीले दैनिक अभ्यास गरिरहेको छ ।
नेपाली महिला राष्ट्रिय टोलीको अन्तिम १४ सदस्यीय टोलीको नामावली भने आएको छैन । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा प्रशिक्षक जगत टमाटा, श्यामसन जंग थापा, सुदीप पौडेल, अरुण अर्याल र विनायक पोखरेलको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले रुबिना क्षेत्रीको कप्तानीमा घोषणा गरेको १८ सदस्यीय टोलीले तयारी गरिरहेका छन् । नेपाली महिला टोलीको एकमात्र लक्ष्य एसियाली छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने रहेको छ ।
“हङकङमा हुने क्वालिफायरको लागि हामीले निकै मेहनत गरेका छौं । विगतको तुलनामा धेरै राम्रो ट्रेनिङ क्याम्प भएको छ,” बाह्रखरीसँग कप्तान रुबिना क्षेत्रीले भनिन्, “हामीले क्वालिफायरमा राम्रो गर्दै दोस्रो चरणमा (ग्लोबल छनोट) पुग्ने लक्ष्य लिएका छौं । तयारी गरेअनुसार हामी त्यो सफलता हात पार्नेछौं ।”
नेपाल सम्मिलित एसियाली छनोट आगामी अक्टोबर ९ देखि १५ सम्म हुनेछ, जसमा नेपाल, आयोजक हङकङ, चीन र थाइल्याण्ड राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।
नेपालले लगभग दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । सन् २०१४ मा भएको इन्चोन एसियाडपछि नेपाली टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । इन्चोन एसियाडमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । तर पनि कप्तान रुबिना क्षेत्री जसरी पनि ग्लोबल छनोटमा पुग्ने लक्ष्य बनाएर अघि बढेको बताउँछिन् ।
“हामीले लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हौं । छनोटमा सबै टोली हामीभन्दा माथि छन्,” अलराउन्डर रुबिनाले भनिन् , “तर, हामी प्रमाणित गरेर देखाउनेछौं कि शतप्रतिशत खेलेर जसरी पनि छनोट हुन्छौं ।” त्यसका लागि नेपाली राष्ट्रिय टोली मझबुत रहेको रुबिना बताउँछिन् । उनका अनुसार अहिलेको टोलीमा नयाँ र पुराना खेलाडीहरुको मिश्रण छ । त्यस्तै अहिले आफ्ना टोलीको कमजोर पक्षहरुको सुधारमा लागेको कप्तान रुबिनाको भनाइ छ ।
“अहिले हामी ब्याटिङलाई सुधार गरिरहेका छौं । टिम अहिले मजबुत छ पहिलेको तुलनामा । किनकि अहिले हाम्रा ब्याट्सवुमनले पनि धेरै सुधार गरेका छन् । हाम्रो बलिङ र फिल्डिङ त पहिलेबाटै राम्रो छ । फिटनेसमा पनि ध्यान दिइरहेका छौं,” उनले भनिन् । 
इंग्ल्यान्डले आयोजना गर्ने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ । महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्नेछ । नेपाली टोली अक्टोबर ६्७ तारिखमा हङकङ प्रस्थान गर्ने तालिका छ ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक राजु बस्नेतले प्रशिक्षण दिइरहेका छन् । बस्नेतलाई पुरुष टोलीको मुख्य प्रशिक्षक जगत टमाटा र विनोद दासले प्रशिक्षणमा सहयोग गरिरहेका छन् । प्रशिक्षक बस्नेतका अनुसार नेपाली टोली विगतको तुलनामा ब्यालेन्समा छ । टोली विश्व छनोटमा पुग्नेमा उनी विश्वस्त छन् । 
“टिम तयारी राम्रो भइरहेको छ । हामीसँग समय पनि छ, फरक किसिमले तयारी गरिरहेका छौं,” उनले भने । 
नेपालबाहेक छनोटमा सहभागी हुने सबै टोली वैदेशिक तयारीमा छन् । थाइल्यान्डको टिम श्रीलंका, हङकङको टिम भारतमा तयारी गरिरहेका छन् । 
प्रशिक्षक बस्नेत नेपाली टोली जुनै टोलीलाई पराजित गर्न सक्षम रहेको बताउँछन् । केही सुधार भने आवश्यक रहेको उनको भनाइ छ । बस्नेतका अनुसार नेपाली टोलीले ब्याटिङ पक्षमा केही सुधार गर्नुपर्ने हुन्छ । बलिङमा भने राम्रो अवस्था छ । बस्नेतका अनुसार नेपाली टोलीले ब्याटिङमा १ सय २० माथिको स्कोर गर्न सके सबै टोलीलाई हराउन कठिन हुँदैन । 
अन्तिम १४ सदस्यीय टोलीमा ३ जना स्पिनर, ३ मिडियम पेस बलर र अन्य अलराउन्डर तथा ब्याट्सवुमन समावेश गर्ने प्रशिक्षक बस्नेतको योजना छ ।
१८ सदस्यीय टोलीमा परेकी खेलाडी सरिता मगर पनि दोस्रो चरणमा पुग्नेमा ढुक्क छिन् । यस पटक पहिलेको तुलनामा धेरै राम्रो तयारी भएको हुँदा ग्लोबल छनोटमा पुग्ने सरिताको भनाइ छ । “दुई वर्षपछि क्रिकेटमा फर्किन पाउँदा खुशी लागेको छ यस पटक हामीले धेरै राम्रो क्याम्प पाएका छौं । मलाई लाग्छ, पहिलो पटक महिला क्रिकेटमा सबैभन्दा राम्रो ट्रेनिङ क्याम्प भएको हो । त्यसैले टिम तयार छ । हाम्रो लक्ष्य दोस्रो चरणमा पुग्ने हो,” उनले भनिन् । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro