site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीलाई भट्टराईको सुझाव– पानीजहाज होइन, सडक बनाउने सपना देख्नुस्
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बजेटले सरकारले ल्याएको बजेटले मुलुकको विकास हुन नसक्ने बताएका छन् । उनले मुलुकको विकासका लागि पानीजहाज भन्दा पनि सडक पहिलो प्राथमिकता हुनुपर्ने बताए । 
संसदमा बजेटबारे बोल्दै भट्टराईले भने, “प्रधानमन्त्रीजीलाई म सम्मान गर्छु, तर मुलुकको विकासको लागि पानीजहाज होइन, पहिला सडक बनाउने सपना देख्नुपर्छ । सडक, हवाईमार्ग त्यसपछि मात्र पानीजहाजको कुरा आउछ । अरुले जे गरे, त्यही गनुपर्छ भन्ने छैन ।”
उनले थपे, “आर्थिक फड्को मारोस् भन्ने सबैको चाहना छ । दुई तिहाई बहुमतको सरकारले घोषणापत्रमा देखाएको सपना बजेटसम्म आशा र सपना मरेको मलाई अनुभूत हुन्छ । मैले बजेट प्रस्तुत गर्न पाएको भए नयाँ फरम्याट बनाउँथें । बजेटले देखाएको सपना पूरा गर्न सपना प्रष्ट भएन । बाटो स्पष्ट हुनुपर्छ । दुई अंकको आर्थिक वृद्धि गरेर आर्थिक पुँजी निर्माण गर्ने दिशामा अर्थमन्त्री लाग्नुभएन । दुई दशकसम्म आर्थिक वृद्धि गर्न के गर्नुपर्छ भन्ने कुरामा अर्थमन्त्री छुट्नु भयो ।”
बजेटलाई न हाँसको चाल न कौवाको चाल भएको टिप्पणी गर्दै भट्टराईले मूल नै धमिलो भएपछि तल स्वतः पानी धमिलो हुने बताए । 
उनले ऋण लिएर मुलुकको विकास गनुपर्ने तर्क अघि सारे । “सबैभन्दा बढी ऋण लिएर अमेरिकाले विकास गरिरहेको छ । अमेरिकाले अन्य मुलुकसँग ऋण लिन हुने हामीले चाहिँ किन नहुने ? अनुदान बरु लिन हुँदैन । अनुदानमा धेरै सर्तहरु हुन्छन्,” उनले भने । 
उनले विदेशबाट नेपाल फर्कने युवाहरुलाई सय ग्राम सुन ल्याउन सरकारले दिएको भन्दै त्यसले सुन तस्करहरुको संख्या बढ्न सक्ने तर्क गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu