site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यालयको जग्गामा अर्कैको रजाइँ, तलब खुवाउन अभिभावकसँग असुली
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

दाङ । दाङको घोराही उपमहानगरपालिका १० मा रहेको सामुदायिक विद्यालय शिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालयको करोडांै मूल्यको जग्गा कौडीको भाउमा ठेक्कामा दिएपछि अहिले विद्यालयको अवस्था नाजुक बनेको छ । विद्यालयको नाममा रहेको ४४ विगाह जग्गा कौडीको भाउमा ठेक्कामा दिएको विद्यालयले अहिले विद्यालय सञ्चालनका लागि अभिभावकसँग रकम असुलिरहेको छ । 
आफूसँग भएको सम्पत्तिको सदुपयोग गर्न नसक्ने विद्यालयले अभिभावकको ढाड सेकिरहेको सरोकारवालाहरु बताउँछन् । विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीका अनुसार निजी स्रोतमा १५ जना शिक्षक तथा कर्मचारी छन् । १५ जना कर्मचारीलाई मासिक २ लाख खर्च हुन्छ भने जग्गा भाडाबाट वार्षिक रुपमा २ लाख १६ हजार रुपैयाँमात्रै आम्दानी हुने गरेको प्रअको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 
अहिले विद्यालयको नाममा ७९ विगाह ५ कठ्ठा ९ धुर जमिन रहेको विद्यालयका प्रधानाध्यापक केसी बताउँछन् । विद्यालयले २०६६ सालमा ४४ विगाह जमिन विभिन्न व्यक्ति तथा संस्थाहरुलाई ठेक्कामा दियो । विद्यालय र ठेक्का लिने व्यक्ति तथा संस्थाबीच वार्षिक रुपमा प्रतिविगाह ४ हजार १ सय रुपैयाँका दरले विद्यालयलाई तिर्नुपर्ने सम्झौता भयो । तर भाडामा दिएको जग्गाको मूल्य करोडौको रहेको छ भने विद्यालय चलाउने नाममा विद्यार्थीसँग भर्ना तथा मासिक शुल्क उठाउने गरिएको छ । 
भाडामा लिने व्यक्तिले आफूले व्यवसाय सञ्चालन नगरी तेस्रो पक्षलाई पुनः भाडामा दिएका छन् । दाङ घोराही ११ खैराका श्रीमनकुमार न्यौपानेले तत्कालीन विद्यालयका प्रअ चिन्ताबहादुर बुढाथोकीसँग २०६६ साल कार्तिकमा भाडामा लिएका थिए । १८ वर्षसम्म कृषि प्रयोजनमा प्रयोग गर्ने गरी १० विगाह भाडामा लिए तर उनले आफूले व्यवसाय सञ्चालन नगरी तेस्रो पक्षलाई कुखुरा पालनका लागि भाडामा दिएका छन् । न्यौपानेले ठेक्कामा लिएको जग्गामा जुपिटर बहुउद्देश्यीय कृषि तथा पशुपन्छि फार्म सञ्चालनमा छ । कुखुरा व्यवसाय सञ्चालन गरिरहेका प्रकाश आचार्यका अनुसार करिब २ विगाह जग्गाको १० हजार रुपैयाँ वार्षिक रुपमा न्यौपानेलाई बुझाउँदै आएका छन् । त्यस्तै न्यौपानेले ठेक्कामा लिएको १० विगाह मध्येवाट मोहन देवकोटालाई पनि करिब २ विगाह भाडामा दिएका छन् । त्यसबाट पनि उनले भाडा लिँदै आएका छन् । तर ठेक्का लिने न्यौपानेले विद्यालयले लिने भाडा नै आफूले लिएको दाबी गर्छन् ।

त्यस्तै सोही स्थानमा रहेको विद्यालयको अरु जग्गा पनि भाडामा दिइएको छ । तत्कालीन घोराही नगरपालिका–११ बस्ने अर्जुन केसीले पनि १० विगाह जग्गा भाडामा लिएका छन् । त्यस्तै उद्यमशिल कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि २०६८ साउन १ गतेदेखि लागु हुनेगरी विद्यालयको १० विगाह जग्गा भाडामा लिएको छ । कृषि प्रयोजनका लागि प्रयोग गर्ने गरी प्रतिविगाह ४ हजार एक सय ५० रुपैयाँ तथा प्रत्येक ३ वर्षमा १० प्रतिशत बढाउने सम्झौता पत्रमा उल्लेख छ । 
उद्यमशिल सहकारीले प्रयोग गर्नको लागि संरचनासमेत तयार गर्यो, वोरिङ खन्यो । तर, सफल नभएपछि अहिले काम बन्द गरी संरक्षणमात्र गरिरहेको संस्थाका प्रवन्ध निर्देशक दिलिप खनालले बताए । सम्झौतापत्रमा उल्लेख भएअनुसार दोस्रो पक्षले विगत २ वर्षदेखि विद्यालयमा बुझाउनुपर्ने रकम बुझाएका छैनन् । रकम वुझाउनका लागि ताकेता गरेको विद्यालयले जनाए पनि भाडा लिएकाहरुले ताकेता नगरेको बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro