site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते
प्रतीकात्मक तस्बिर ।

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, कमलाबारीमा आइतबारदिउँसो स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा गोरखा नगरपालिका–१३, अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा घाइते भएका नराललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको उनले बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा स्कुटरमा सवार नरालका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नंको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो । रासस

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्