site stats
बाह्रखरी :: Baahrakhari
देश
प्युठानमा बस दुर्घटना, मृतकको संख्या ६ पुग्यो (अपडेट)

दाङ ।  कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानको खलंगाका लागि छुटेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ना ४ ख १८७६ नं. को रात्रिबस भालुवाङ–प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं.४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा परेको बसले च्यापिएर पनि केहीको मृत्यु भएको प्रहरीले जनाएको छ । बस काटेर शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको टोली घटनास्थलमा खटिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मृतक पुरुषमध्ये १ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार सोही बस चालक जिल्ला कैलाली, चौमालाका वीरबहादुर थारु भन्ने सवारी चालक अनुमति पत्रबाट खुल्न आएको छ । अन्य मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते ४ जनालाई उद्दार गरी बुटवल र अन्य २१ जना घाइतेलाई जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको लागि पठाईएको छ । सडकमा पानी रहेको र चिप्लो भएका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ ।

घाइतेको नामावली

शशिराम जैसी

भावना जैसी

प्रकाश दाहाल

शिवबहादुर बिक

सपना बिक

ताराबहादुर बिक

थमजित बिक

जगदिश

इश्वर खड्का

प्रकाश साउद

शेरबहादुर बिक

सपना बिक

सुस्मा चौधरी

हेम केसी

सुशील राना मगर

राजेन्द्र प्रसाद तिमिल्सिना

तकमान खड्का

विजु बिक

गोमा गिरी

वसन्त अधिकारी

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  ०९:२०
प्रतिक्रिया दिनुहोस्