site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पको निर्णयपछि सुरु भएको ईरान–इजरायल लडाईँले मध्यपूर्वमा हिंसा भड्किने खतरा !

एजेन्सी । इजरायली लडाकू विमानले सिरियास्थित दर्जनौँ ईरानी सैन्य क्षेत्रलाई लक्षित गर्दै हवाइ हमला गरेको छ । यसअघि गोलन हाइटमा इरानले इजारयली सेना क्षेत्रमाथि २० रकेट हमला गरेपछि त्यसैको प्रतिउत्तरमा इजरालले पनि प्रहार गरेको न्युयोर्क टाइम्सले बताएको छ ।

ईरानको हमलाबाट सो क्षेत्रमा उपस्थित इजरायलको सैन्य क्षमतामा गम्भीर क्षति पुगेको इजरायलको आरोप छ । दुईदेशबीच यस प्रकारको तनावले मध्यपूर्वी क्षेत्रमा युद्ध समेत निम्तिन सक्ने खतरा रहेको बताइएको छ । वास्तवमा अमेरिकी राष्ट्रपति ट्रम्पले ईरान सम्झौता रद्द गराएर ईरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेपछि नै ईरान र इजरायलबीच लडाईँ सुरु भएको थियो । ट्रम्पको सो निर्णयले आक्रामक बनेको ईरानले अमेरिकालाई यसअघि नै धेरैपटक सम्झौता जारी राख्न चेतावनी दिएको थियो । युरोप लगायत अन्तराष्ट्रिय समुदायले पनि मध्यपूर्वको स्थितिलाई मध्य नजर राख्दै ट्रम्पसमक्ष सम्झौता रद्द नगर्न बारम्बार आग्रह गरेका थिए । तरपनि ट्रम्पले अन्तिम समयसम्म आफ्नो अडान नछाडेपछि अहिले दुवै पक्षबीचको विवाद गम्भीर अवस्थामा पुगेको बताइएको हो । 

ट्रम्पको निर्णय लगत्तै ईरानले राति नै इजरायलद्वारा नियन्त्रित गोलान हाइट क्षेत्रमा २० वटा रकेट प्रहार गरेको थियो । तर सिरियाली क्षेत्रमा भित्रिनासाथै रकेटहरु बीचमै फुटाइएकाले सैन्य क्षेत्र पूर्ण रुपमा ध्वस्त नभएको इजरायली सेनाका प्रवक्ताले बताएका हुन् । यसको केही घण्टापछि बिहिबार बिहानै इजारयलले पनि हमलाको प्रतिउत्तर दिँदै सिरियास्थित ईरानका करिब सबै सैन्य क्षेत्र ध्वस्त पारिदिने गरि आक्रमण गरेको इजारायलका रक्षा मन्त्री एभीग्डर लेबर्मनले बताएका हुन् । उनले भने, ‘हाम्रो तर्फ पानी परे, उनीहरुकहाँ पनि बाढी आउनेछ ।’ सिरियाली मानवअधिकारवादी कार्यकर्ताका अनुसार यस हमलामा २३ जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी उता ईरान हमलाको प्रतिक्रियामा सिरियाली आर्मीले समेत ईरानमाथि ६८ मिसाइल प्रहार गरिसकेको समाचार एजेन्सी फार्सले उल्लेख गरेको छ । 

घटनाप्रति चिन्ता व्यक्त गर्दै अन्तराष्ट्रिय समुदायमा बेलायत, फ्रान्स, जर्मनी र रुसले शान्तिको अपील गरिसकेका छन् । ईरान र इजरायल दुवैसँग राम्रो सम्बन्ध रहेको रुसले पनि सबै पक्षलाई हमला अन्त्य गर्न आग्रह गरिसकेको बताएको छ । सिरियाली संकटको फाइदा उठाउँदै ईरानले लामो समयदेखि सिरियामा आफ्नो हतियार कार्यक्रम र सैन्य विकास जारी राख्दै आएको बताइन्छ । वास्तवमा इरानसँग यसै विषयमा असन्तुष्ट रहेकाले ट्रम्पले ईरान आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  ०५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro