site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । ताप्लेजुङका २५ वर्षीय पेमा दोर्जे शेपा गत वर्ष शरीर र अनुहार सुन्निएपछि काठमाडौंको वीर अस्पतालमा चेकजाँचका लागि पुगे । चेक गर्दा थाहा भयो, उनका दुवै  मिर्गौला फेल भएको रहेछ । उपचार थालेको करिब एक वर्षपछि पुनः जाँच गर्दा शेर्पाको मुटुका चारवटा भल्भमध्ये तीनवटाले काम गर्न छाडेको रिपोर्टमा देखियो । अहिलेसम्मको उपचारमा करिब २५ लाख रुपैयाँ सकिइसकेएको उनी बताउँछन् ।

लगातार एक महिनासम्म छाती दुखेपछि सिमराकी ३८ वर्षिया हरिकला अधिकारीलाई छोराले गएको फागुनमा वीरगञ्जको कृष्ण अस्पताल पुर्याए । चिकित्सकले करिब तीन घण्टा जाँच गरेपछि काठमाडौं लैजान सल्लाह दिए । छोराले आमा हरिकलालाई सहिद गंगालाल हृदय रोग केन्द्र ल्याएर इमर्जेन्सी कक्षमा भर्ना गरे । नौ दिनसम्म उपचार गरेपछि गंगालालका चिकित्सकले एक साता घरमा आराम गराएर ल्याउनु भने । एक सातापछि उनले आमालाई अस्पताल लगे । हरिकलाको मुटुको तीन वटा नसा खुम्चिएको रहेछ । त्यसको शल्यक्रिया गरेर नसा खुलाउन जाली लगाइएको छ । 

मोरङ सुन्दरहरैचाका २५ वर्षीय चूडामणि पौडेललाई धैरै भोक लाग्ने, लगातार पिसाव लागिराख्ने आदि समस्या देखापरेपछि उपचारका लागि दमककै ओम अस्पताल पुगे । चेकजाँचपछि रिपोर्टमा मधुमेह देखियो । त्यही अस्पतालमा केही समय उपचार गरेपछि काठमाडांैको किस्ट मेडिकल अस्पताल उपचारका लागि आएको चूडामणि बताउँछन्  । “उपचारमा करिब ४ लाख खर्च भइसक्यो, खै रोग निको हँुदैन,” उनी भन्छन् ।

यी त केही उदाहरणमात्र हुन्, पछिल्लो समय नसर्ने रोग युवा उमेरमै देखिन थालेको छ । चिकित्सकहरुका अनुसार नसर्ने रोगको जोखिममा युवा नै बढी छन् । खासगरी मधुमेह अर्थात् सुग्र, स्वासप्रश्वाससम्बन्धी रोग, दम, मुटु रोग, मृगौला रोग, बाथ रोग, रक्तकोषमा असामान्य वृद्धिबाट लाग्ने क्यान्सर आदिको प्रकोप बढेको छ । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला भन्छन्, “काम गर्ने उमेरमा मुटुको रोग, दमलगायत अन्य नसर्ने रोगको भारले युवा पीडित हुन थालेका छन् । काम गर्ने उमेरमा रोगको भारले सताउँदा त्यसको गम्भीर असर आर्थिक क्षेत्रमा पर्छ ।” 

१५ वर्षदेखि ४० वर्षको उमेर समूहमा नसर्ने रोग बढी देखिन थालेको चिकित्सक बताउँछन् । नसर्ने रोग र दुर्घटनाका कारण पछिल्ला २५ वर्षमा मृत्यु हुने र अपांग हुनेहरू दोब्बर रहेको नसर्ने रोग र गरिबी अध्ययन आयोग (एनएनपीसी) प्रतिवेदन २०१८ मा उल्लेख छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरी नसर्ने रोगले युवाहरुमा र कर्मचारीमा समेत असर पारेको बताउँछिन् । उनी भन्छिन् “नसर्ने रोगले सबैतिर असर पारिरहेको छ । रोकथाम तथा उपचारमा सरकारले अब नसर्ने रोगलाई पनि प्राथमिकतामा राख्नुपर्ने छ ।”

सन् २०१७ देखि ३० जिल्लामा सुरू भएको नसर्ने रोगको उपचारसम्बन्धी प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल (पेन) कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयले १० करोड रकम छुट्याएको छ । युवावस्थामा देखिने बाथ, मुटु रोग, कडा खालको दम रोग र मानसिक स्वास्थ्य समस्यालाई विद्यालयको पाठ्यक्रममा समावेश गनुपर्ने स्वास्थ्य विज्ञ श्रीकृष्ण गिरी बताउँछन् । 

कारण के हो ?
बढ्दो वायु प्रदूषण्
अवस्थित खानपान
धुम्रपान तथा मद्यपान
तनाव

कसरी बच्ने ?
सन्तुलित खानामा बढी जोड दिने
शारीरिक रुपमा सक्रिय रहने
नियमित रूपमा शारीरिक व्यायाम गर्ने
धुम्रपान तथा मद्यपान नगर्ने
मानसिक तनाव हटाउने
धेरै बोसोयुक्त खानेकुरा नखाने 
नियमित स्वास्थ्य जाँच गर्ने

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro