site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेपाल–भारत सम्बन्ध अब सधैंका लागि राम्रो हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध अब सधैंलाई राम्रो हुने बताएका छन् ।

तीनदिने भारतको राजकीय भ्रमण पूरा गरेर स्वेदश फिर्ता भएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अब सम्बन्ध सधैंका लागि राम्रो हुने बताए ।

“नेपाल–भारतको अबको सम्बन्धका बारेमा तस्बिर आफैं बोल्छ,” प्रधानमन्त्री ओलीले भने, “नेपाल– भारत सम्बन्ध अब सधैंंका लागि राम्रो हुन्छ । राम्रो हुँदै जान्छ । अब सम्बन्ध कसैले बिगार्न हुँदैन । हाम्रोतर्फबाट सम्बन्ध बिग्रँदैन । नेपाल–भारतबीचको सम्बन्ध पारस्परिक लाभका आधारमा अघि बढ्छ ।”

उनले नेपाली जनताले दिएको अभिमतको भारतमा प्रतिनिधित्व गरेर आफू गएको उल्लेख गर्दै भारतमा कुनै बनावटी नभई यथार्थमा कुरा अघि बढेको बताए ।

“हाम्रो भ्रमण कुनै बनावटी कुराहरुमा होइन, यथार्थमा अघि बढ्यो,” उनले भने, “यसपल्ट लोकतान्त्रिक प्रणालीबाट आएको अभिमत बोकेर भारत गएँ, भारतले पनि त्यसलाई स्वागत गर्यो । नेपाली जनताको भावनाको, अभिमतको प्रतिनिधित्व भएको थियो । मैले कुरा गर्दा पनि त्यसैगरी गरेको थिएँ ।”

उनले रक्सौल–काठमाडौं रेल सेवा तथा नदीहरुबाट यातायात र पारवहनको विषयमा पनि कुरा भएको उल्लेख गरे ।

तस्बिर : रासस 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत २५, २०७४  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro