site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ ? चुरोट, सुर्ती गेटबाहिरै !

काठमाडौं । तपाईँ काम विशेषले स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ ? कतै तपाईँको खल्तीमा पनि चुरोट, सुर्तीजन्य पदार्थलगायत त छैनन् ? छन् भने बाहिरै राखेर मात्रै स्वास्थ्य मन्त्रालयको मुल ढोकाबाट प्रवेश पाउनुहुनेछ ।

तपाईँको साथमा चुरोट, सुर्तीजन्य पदार्थ छ भने अब मन्त्रालयका मुल गेटमा रहेका सुरक्षाकर्मीले तपाईँलाई रोक्नेछन् । तपाईँको साथमा रहेका यस्ता पदार्थ सुरक्षाकर्मीले गेटबाहिर रहेको ‘चुरोट तथा सुर्तीजन्य पदार्थ मलाई’ भनेर लेखिएको डस्टवीनमा फाल्न लगाउनेछन् ।

तपाईँसँग भएको चुरोट वा सुर्तीजन्य पदार्थ फालेपछि मात्रै तपाइँले प्रवेश पाउनुहुनेछ ।

गत चैत १२ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयमा सुर्ती चुरोट लिएर आउनेले प्रवेश नपाउने घोषणा गरेपछि अहिले सुरक्षाकर्मीले गेटमा नै चेकजाँच गरेर प्रवेश दिने व्यवस्था गरिएको छ ।

मन्त्रालयमा पुग्ने सबैलाई गेटमा रहेका सुरक्षाकर्मीले सुर्ती चुरोट कडा रुपमा खानतलासी गर्ने गरेको मुलगेट कमान्ड सम्हाल्दै आएका चन्द्रप्रसाद हमालले बताए । 

उनले बाह्रखरीसँगको कुराकानीमा भने, “सुरु–सुरुमा मन्त्रालयको बाहिरी गेटमा बसेर नाम दर्ता गर्ने र आउनेहरुलाई मौखिक रुपमा सोध्ने गरेका थियौँ । त्यसरी गर्दा पैदल हिँडेर आउनेले मात्र चुरोट सुर्ती फ्याँक्ने भए । तर गाडी र मोटरसाइकलमा आउनेहरुसँग यस्तो प्रक्रिया छुट्न थालेपछि बुधबारदेखि भित्रको गेटमै बसेर मन्त्रालय प्रवेश गर्नेहरुको शरीर खान तलासी गर्न थालेका हौँ ।” 

\"\"

यसरी खानतलासी गर्दा मन्त्रालय छिर्ने करिब २० देखि ३० जना कर्मचारी  र सर्वसाधारणबाट सुर्तीजन्य पदार्थ बरामद गरिएको गेटमा खटिएका प्रहरी तेजबहादुर शाहीले बताए । 

बाहिरबाट आउनेले मात्र नभई मन्त्रालयमा काम गर्नेहरुले पनि चुरोट सुर्ती लैजान नपाउने उनले बताए । 

मन्त्रालयको मुलगेटमा दुईजना महिला र दुई पुरुष प्रहरी खटाईएको छ । महिला प्रहरीले  महिलाहरुलाइ र पुरुषहरुलाई पुरुष प्रहरीले नै खानतलासी गर्ने गर्छन् ।

त्यस्तै मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्रीलाई भेट्न आएका झापाका स्वास्थ्यकर्मी नवीन तामाङ्ले यो चुरोट तथा सुर्तीजन्य पदार्थ प्रवेशमा निषेध गर्नु राम्रो काम भएको बताए ।
उनले भने, “चुरोट, सुर्ती निषेध अभियान मन्त्रालयमा मात्र होईन, सातै प्रदेशका जनप्रतिधिलाई जिम्मा दिएर यसको प्रयोग रोक्नुपर्छ  ।” 
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ अनुसार नै निषेध मन्त्रालयमा भएको छ र यो सबै देशैभरका स्वास्थ्य संस्थामा गरिनुपर्ने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

मन्त्रालयमा आएकी हरिकला थापाले चुरोट सुर्तीको कडाइ देशभर र गाउँ गाउँमा गर्न सकिए धेरै मानिस रोगबाट बच्न सक्ने बताउँछिन् । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पहिले घोषणा भए पनि अहिले यसलाई कडाइका साथ लागु गरिएको बताए । उनले भने, “सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न थप नियम बनाउन लागेका छौं ।”

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन,२०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ  । 

\"\"
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत २५, २०७४  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro