site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आकस्मिक गर्भनिरोधक प्रयोग गर्नेमा अविवाहित बढी ! बढी प्रयोगले स्वास्थ्यमा खतरा

काठमाडौं । पछिल्लो समय विवाहितले भन्दा अविवाहित महिलाले गर्भ निरोधक अस्थायी साधनका चक्की बढी प्रयोग गर्ने गरेको पाइएको छ । औषधी पसलबाट आकस्मिक गर्भनिरोधक पिल्स, निलोकन ह्वाइट, सुनौलो गुलाफजस्ता चक्की लिन आउनेहरुमा विवाहित भन्दा अविवाहित बढी हुने गरेको औषधी पसल सञ्चालकहरु बताउँछन् ।

घट्टेकुलोस्थित कुन्ता मेडिकलका सञ्चालक डा. मनिष शाहले विवाहितभन्दा अविवाहित युवतिहरु गर्भनिरोधक चक्की लिन आउने गरेको  बताए । उनले भने, “कतिपय त कलेजकै ड्रेसमा नै अस्थायी साधन किन्न आउने गरेका छन् ।”

पुतलीसडकस्थित कृष्ण मेडिकल हलका सञ्चालकले गर्भ निरोधक चक्कीहरुमा पिल्सको माग बढी हुने गरेको बताए । सामान्य रुपमा यस्ता आकस्मिक गर्भनिरोधक चक्की यौनसम्पर्क भएको ७२ घण्टाभित्र खाइसक्नुपर्ने हुन्छ । यस्तो चक्की सही समयमा उपयोग गरे ९९.९ प्रतिशत ग्यारेन्टी दिने उत्पादक कम्पनीहरुको दाबी छ ।

थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक मीना झा भने धेरैजसो चक्की कम्पनीले दाबी गरेजस्तो प्रभावकारी नहुने बताउँछिन् । उनले भनिन्, “आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेर पनि गर्भ रहेर युवतीहरु अस्पताल आइरहेका हुन्छन् ।”

यस्तो चक्कीको  नियमित उपयोगले शरीरमा हार्मोनको स्तरमा वृद्घि भई स्टेराइडसम्बन्धी जटिलता देखापर्ने, हाड खिइने, क्यान्सर, मुटु रोगको सम्भावना बढाउने र शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने डा. झाले बताइन् । असुरक्षित सम्पर्क भएको जति छिटो यसको उपयोग गरियो, त्यसको प्रभावकारिता त्यति नै बढ्ने बताइएको छ । यस्ता चक्कीले एचआईभी र एड्सजस्ता यौन संक्रमणबाट पनि जोगाउँदैनन् ।

आकस्मिक गर्भनिरोधक चक्कीमा उच्च मात्रामा हर्मोन हुने र यसको अत्यधिक प्रयोगले प्रजनन् स्वास्थ्यमा समेत समस्या उत्पन्न हुनसक्ने स्त्रीरोग विशेषज्ञ डा. विमला बछार  बताउँछिन् । उनी भन्छिन्, “कसैकसैलाई यस्तो चक्कीको प्रयोगले रिंगटा लाग्ने, वाकवाकी हुने,  महिनावारीमा अनियमितता हुने, खाना नरुच्ने, तल्लो पेट दुख्ने, तनाव हुने, रक्तस्रावमा वृद्धि हुने, थकाइ लाग्ने, टाउको तथा छाती दुख्ने गरेको पनि पाइएको छ ।”

चिकित्सकहरुका अनुसार गर्भनिरोधक चक्कीले डिम्बलाई गर्भाशयमा रोकेर गर्भधारण हुनबाट रोक्छ । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोगपछि शरीरमा केही समस्या आएमा वा धेरै रगत बगेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने डा. बछारको सुझाव छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro