site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शंकर पोखरेल प्रदेश–५ को मुख्यमन्त्रीमा नियुक्त
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । प्रदेश नम्बर–५ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश–५ का संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । निर्वाचनअघि नै प्रदेश–५ को मुख्यमन्त्रीको रुपमा चर्चा पाएका पोखरेलले गत माघ २८ गते दाबी पेस गरेका थिए ।

प्रदेश–५ का प्रदेशप्रमुख उमाकान्त झाले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादी केन्द्रका २० गरी ६१ सांसदको पोखरेललाई समर्थन रहेको छ ।

उनले बिहीबार शपथग्रहणलगत्तै प्रदेश सरकार गठनसमेत गर्ने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  २०:१३
प्रतिक्रिया दिनुहोस्