राजनीति
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको नजिक पुगेका छन् । सोमबार मानभवनमा बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको ३ घन्टाको ‘वान टु वान’ वार्ता निष्कर्षउन्मुख भएको हो ।
“दुई अध्यक्ष पार्टी एकता र सरकार गठनका विषयमा सहमति नजिक पुग्नुभएको छ, मंगलबार ‘वान टु वान’ बैठक बस्ने र त्यसलाई अन्तिम रूप दिने तयारी भएको छ,” अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
दुई अध्यक्षबीचको ‘वान टु वान’ वार्तापश्चात् बस्ने पार्टी एकता संयोजन समितिको बैठकले एउटा निष्कर्ष निकाल्ने अधिकारीको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४ १६:०१
प्रतिक्रिया दिनुहोस्