site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातै प्रदेशमा सरकारी मेडिकल स्टोर खोल्ने तयारी

काठमाडौं । सरकारले सातवटै प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारी गरेको छ । सरकारले उपलब्ध गराउने सबै प्रकारका औषधी सहज रुपमा उपलब्ध गराउन मेडिकल स्टोर खोल्ने तयारी भएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रमेशकुमार खरेलका अनुसार स्थानीय स्तरमा सहज रुपमा औषधी उपलब्ध गराउन प्रत्येक प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारी सुरु भएको हो । “स्थानीय तहमा मेडिकल स्टोर रहँदा सबैलाई औषधीमा सहज पहुँच होस् भनेर नै सातवटै प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारीमा भएको हो, उनले भने, “भौगोलिकता अध्ययन गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नयाँ मेडिकल स्टोर खोलिने छ ।” 

हाल टेकुस्थित आपूर्ति व्यवस्था महाशाखा र २ नम्बर प्रदेशमा बाराको पथलैयामा केन्द्रीय मेडिकल स्टोर रहेका छन् । स्वास्थ्य मन्त्रालयले उक्त केन्द्रीय मेडिकल स्टोरबाट प्रदेशमा रहेका क्षेत्रीय मेडिकल स्टोरमा सरकारले उपलव्ध गराउने सबै प्रकारका औषधि उपलव्ध गराउने गरेको छ । 

प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर ३ को हेटौँडा, प्रदेश नम्बर ५ को बुटवल र नेपालगञ्ज तथा प्रदेश नम्बर ७ को धनगढीमा क्षेत्रीय मेडिकल स्टोर रहेका छन् । प्रदेश नम्बर ४ र ६ मा सरकारी मेडिकल स्टोर छैनन् । केन्द्रबाट भन्दा प्रदेशबाट औषधी समयमा वितरण हुने भएपछि सरकारले सबै प्रदेशमा मेडिकल स्टोर खोली औषधि वितरण गर्ने तयारी गरेको आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro