site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश ५ मा विपक्षी दलको नेता को ?
SkywellSkywell

दाङ  ।  नेपाली कांग्रेस प्रदेश ५ मा विपक्षी दलको नेता बन्न तीनजनाले आकांक्षा देखाएका छन् । ८७ जना प्रदेश सांसद रहेको प्रदेश ५ मा नेपाली कांग्रेसबाट १९ जना विजयी भएका छन् । कांग्रेस संसदीय दलको नेतामा पाल्पाका सभापति वीरबहादुर राना, दाङका डिल्ली चौधरी र कपिलवस्तुका वीरेन्द्र कनौडियाले आकांक्षा राखेका छन् ।
प्रदेश पाँचमा वाम गठबन्धनको स्पष्ट बुहमत आइसकेकाले नेपाली कांग्रेस संसदीय दलको नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्नेछन् । पाल्पाका प्रदेश सांसद रानाले अहिलेका सबै प्रदेशसभा सदस्य भन्दा आफू सिनिएर भएको बताएका छन् ।

“म पार्टी संगठनमा लामो समयदेखि काम गर्दैै आएको छु,” उनले भने, “पार्टीले मेरो उचित मूल्यांकन गर्नेछ ।” राना पाल्पामा लोकप्रिय नेता मानिन्छन् । 

KFC Island Ad
NIC Asia

दाङका डिल्ली चौधरीले श्रम राज्यमन्त्री भइसकेका छन् । “म मन्त्री भएर काम गरिसकेको मान्छे, मेरो आकांक्षा हुनु स्वभाविक हो,” उनले भने, “पार्टीभित्र संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने हाम्रो योजना रहेको छ ।”

चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।

Royal Enfield Island Ad

कपिलवस्तुबाट निर्वाचित  पूर्वराज्यमन्त्री वीरेन्द्र कनौडियाले आफू संसदीय दलको नेताको आकांक्षी भएको बताएका छन् । पार्टीबाट निर्वाचितमध्ये सबैभन्दा सिनिएर आफू भएको उनको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro