site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिमरा स्वास्थ्य केन्द्रमा पाँच रुपैयाँमै गुणस्तरीय सेवा
SkywellSkywell

काठमाडौं । बाराको सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले ५ रुपैयाँमै दक्ष चिकित्सकबाट उपचार सेवा दिन थालेको छ । दक्ष चिकित्सक र आधुनिक प्रविधिबाट उपचार थालेपछि नजिकै रहेका निजी अस्पतालका बिरामीसमेत केन्द्रमा थालेका छन् । 

बाराकी स्थानीय लिलाकुमारी सार्की २ वर्षअघि रुखाखोकी, ज्वरो आएर उपचारका लागि धैरै पटक स्वास्थ्य केन्द्र गइन् तर कहिलै चिकित्सक भेटिनन् । उनी भन्छिन्, “डाक्टर त अहिले बिदामा हुनुहुन्छ भन्दै अस्पतालका कर्मचारीहरुले चेकजाँच नगरी  सिटामोल दिएर पठाएका थिए ।” त्यसपछि उनी कहिलै उपचारका लागि स्वास्थ्य केन्द्र गइनन् । अहिले छिमेकीले राम्रो उपचार हुन्छ भनेर सुनाएपछि उनी फेरि प्राथमिक स्वास्थ्य केन्द्रमै जान थालेकी छन् । “पहिलाको जस्तै डाक्टर नै नभेटिने होला जस्तो लागेको थियो तर अहिले धेरै नै परिवर्तन भएको रहेछ, सबै रोगको उपचार सेवा दिन थालेका रहेछन्,” सार्कीले भनिन् । 

KFC Island Ad
NIC Asia

लिलाकुमारीजस्तै धैरै पटक केन्द्रमा उपचार गर्न आउँदा डाक्टर नै नभेटिने, औषधी नपाइने आदि समस्या भएपछि बिरामीहरु निजी अस्पताल जान थालेका थिए । अहिले भने प्राथमिक स्वास्थ्य केन्द्र सुधारिएको छ । 

व्यवस्थापन समितिले सरकारी स्वामित्वको केन्द्रमा अपनत्व बढोस् भनेर ५ रुपैयाँ शुल्क तोकिएको बताएको छ । जटिल रोगका बिरामीबाहेक अन्य सरकारी स्वास्थ्य केन्द्रमा जान थालेपछि निजी अस्पतालहरूले समेत शुल्क घटाउन थालेका छन् । केन्द्रले वृद्धवृद्धा, अशक्त, विद्यार्थीलगायतलाई शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको अस्पतालका प्रमुख श्रवणकुमार मण्डलले बताए । उनले भने, “केन्द्रमा सरकारले उपलब्ध गराएको ५८ प्रकारका औषधी निःशुल्क र ४८ प्रकारका ल्याब परीक्षण निजी अस्पताल भन्दा ५० प्रतिशत सस्तो दरमा दिने गरेका छौं ।” निजी अस्पतालका डाक्टरकोमा उपचार गराउँदा ३ सयदेखि ५ सयसम्म शुल्क तिर्नुपर्ने भएकाले बिरामीहरु सस्तो दरमा सेवा लिन केन्द्रमै आउने गरेको उनको भनाइ छ । पछिल्लो समय वीरगञ्ज तथा हैटौंडा उपचार गर्न जाने बिरामीसमेत सिमरा पिएचसीमा पहिलो परामर्श लिन आउने गरेको केन्द्र प्रमुख मण्डल बताउँछन् ।

Royal Enfield Island Ad

स्थानीय वडा सदस्य चिनिकुमार दर्जीले आफू र परिवारका सदस्यको नियमित स्वास्थ्य परीक्षण केन्द्रमा गर्ने गरेकोे बताइन् । दक्ष चिकित्सक र सस्तोमा उपचार पाउने भएपछि केन्द्रप्रति मोह बढेको दर्जीको भनाइ छ । उनले भनिन्, “अझ यसको प्रचारप्रसार ग्रामीण बस्तिहरूसम्म पुगे ठूलो राहत मिल्ने थियो ।”

सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा ३ एमबिबिएस डाक्टर, १ स्टाफ नर्स, १ हेल्थ असिस्टेन्ट, ३ सिएमए, ३ अनमी, १ फार्मेसी असिष्टेन्ट, १ ल्याब असिष्टेन्ट र केही कार्यालय सहयोगीको दरबन्दी छ । केन्द्रमा जाडोयाममा दैनिक ६० र गर्मी महिनामा १ सय ५० जनासम्म बिरामी आउने गरेका छन् । बारामा रहेका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये सिमरा स्वास्थ्य केन्द्र उत्कृष्ट बनेकोे जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले अब पीएचसी स्थानीय तहले जिम्मा दिने भएपछि जितपुर सिमरा उपमहानगरका प्रमुख तथा सिमरा पिएचसीका संरक्षक डा. कृष्ण पौडेलले केन्द्रमा रहेको व्यवस्थापनको पुनर्संरचना तत्कालै गर्ने बताए । “यहाँबाट वितरित सेवासुविधा वृद्धिका निम्ती स्थानीय श्रोत परिचालन गर्दै स्तरोन्नति र थप जनशक्ति आवश्यक परेमा स्वास्थ्य मन्त्रालयसँग माग गर्छौ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro