
काठमाडौं । निर्देशक सञ्जय लीला भन्सालीको बहुप्रतिक्षीत तथा विवादित फिल्म पद्मावत बिहीबारबाट हलमा प्रदर्शन हुँदैछ । फिल्म निर्माण गर्ने घोषणा सँगै पद्मावत चर्चाको विषय बनेको थियो । फिल्मको विषयमा सुरु भएको विवादकै कारण यसको प्रदर्शन मिति १ डिसेम्बरलाई परिवर्तन गरेर २५ जनवरी गर्नुपरेको थियो ।
यद्यपी प्रदर्शन मिति परिवर्तन भएपनि फिल्ममाथि कुनै पनि किसिमको नकारात्मक प्रभाव नपर्ने निर्माण पक्षले दावी गरेको छ । प्रदर्शन मिति परिवर्तनले फिल्म पद्मावतको हितमै रहेको बलिउडका जानकारहरुको भनाई छ ।
भारतको गणतन्त्र दिवसको अवसरमा प्रदर्शन गरिन लागिएको कारण पद्मावतसँग ४ दिनको लामो ‘वीकेण्ड’ (सप्ताहन्त) रहने छ । फलस्वरुप फिल्मले राम्रोे कमाई गर्ने अनुमान गरिएको छ ।
भारतका विभिन्न सहरमा रहेका फिल्महलहरुले फिल्मको अग्रिम बुकिङ राम्रो भइरहेको जनाएका छन् । बलिउडका ब्यापार विज्ञहरुले फिल्म पद्मावतले पहिलो दिन २५ देखि ३० करोड रुपैयाँसम्मको आम्दानी गर्ने दावी गरेका छन् । उनीहरुका अनुसार फिल्मले आफ्नो पहिलो सप्ताहन्तमा एक सय करोडको आंकडा पार गर्ने छ ।
फिल्म पद्मावतले प्रदर्शनकै पहिलो दिनबाट अनुमानित आंकडाको लक्ष्य पूरा गर्न सके फिल्मका निर्माता÷निर्देशक भन्सालीका लागि अत्यन्तै सुखद रहने छ । पहिलो दिनमै सबैभन्दा बढी कमाई गर्न सफल भन्सालीको पछिल्लो फिल्म राम–लीला हो । जसले पहिलो दिन १६ करोड रुपैयाँ कमाई गरेको थियो । यदि पद्मावतले पहिलो दिनमै राम–लीलाको नाममा रहेको उक्त रेकर्ड तोडे भन्साली भाग्यमानी सावित हुनेछन् ।
प्रदर्शनको पहिलो दिनमा निर्देशक भन्सालीका सबैभन्दा बढी कमाई गर्ने फिल्महरु यसप्रकार छन् ।
१. गोलियों की रासलीला...रामलीला : १६ करोड
२. बाजीराव मस्तानी : १२.८० करोड
३. गुजारिश : ४ करोड
४. सांवरिया : ३ करोड
५. देवदास : २.१९ करोड
बलिउड लाइफ डटकमबाट