site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्रत्यक्षदर्शीले भने– भूकम्प गएजस्तो भयो, जताततै धुवाँ थियो

काठमाडौं । अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको अवस्थाको बारेमा  बताएका छन् ।

एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, "म घरमा बसिरहेको थिएँ, अचानक आवाज आयो । भूकम्प आएको जस्तो महसुस भयो । चारैतिर धुवाँ थियो । मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ । त्यसपछि जब हामी यहाँ आयौँ, अनि थाहा भयो ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"जब म यहाँ आएँ, मैले एउटा विमान दुर्घटनाग्रस्त भएको देखेँ र त्यहाँ धेरै शव देखेँ," उनले भने । 

बीजेपी विधायक दर्शना वाघेलाले समाचार एजेन्सी एएनआईलाई भने, "म यहाँ मेरो कार्यालयमा बसिरहेको थिएँ । विस्फोट भयो । जब म त्यहाँ गएँ, मैले विमान दुर्घटनाग्रस्त भएको देखेँ । त्यहाँ धेरै धुवाँ थियो । डाक्टरहरूको फ्ल्याटमा धेरै क्षति भएको छ । हामीले स्थानीय कामदारहरूको सहयोगमा त्यहाँबाट धेरै डाक्टरहरूलाई उद्धार गरेका छौँ ।"

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "विमान उडान भरेपछि दुर्घटनाग्रस्त भयो । यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो ।"

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १स्३८ बजे अहमदाबादबाट उडेको थियो । बीबीसी

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्