साहित्य

काठमाडौं । ‘नवप्रज्ञापन’ साहित्यिक द्वैमासिक पत्रिकाले कथा विशेष अंक प्रकाशन गरेको छ । पत्रिकाको यो १०८औँ अंक हो ।
यो विशेष अंकमा नेपाली कथाका मानक सर्जक पारिजात, प्रेमा शाह, भवानी भिक्षु, रमेश विकल, भीमनिधि तिवारी, विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’, पुष्करशमशेर जबरा, मनु ब्राजाकीका कथा समावेश छन् ।
यस्तै, नगेन्द्रराज शर्मा, सनत रेग्मी, माया ठकुरी, इस्माली, तेजप्रकाश श्रेष्ठसहित ४१ कथाकारका कथा समेटिएको प्रकाशकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १३:३१
प्रतिक्रिया दिनुहोस्