
काठमाडौं । मोहम्मद अफ्ताव आलमको फैसला गर्ने न्यायाधीश खुसीराम थारुमाथि मसी फालेर दुर्व्यवहार भएको छ । उनीमाथि उच्च अदालत परिसरभित्रै मसी फालिएको हो । दुर्व्यवहार गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत एक कर्मचारीले आफू कार्यालयबाट निस्किएपछि ‘लफडा’ भइरहेको सुने पनि घटनाको यथार्थ विवरणबारे जानकारी पाउन नसकेको जानकारी दिए ।
न्यायाधीशलाई मसी छ्यापेर दुर्व्यवहार गर्ने नेकपा (बहुमत)का कार्यकर्ता भएको खुलेको छ ।
धर्मेन्द बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन कार्यकर्ताले अदालत परिषरभित्रै छिरेर न्यायाधीशमाथि दुर्व्यवहार गरेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल कम्युनष्टि पार्टी बहुमत जिन्दावाद भन्दै न्यायाधीश बसेको स्थानै छिरेका उनीहरुले न्यायाधीशलाई जनताको कर खाने, जनताकै विरुद्धमा फैसला गर्ने भन्दै मसी छ्यापेका थिए । पर्सा प्रहरीले दुर्व्यवहारमा संलग्न तीनैजनालाई पक्राउ गरिसकेको जनाएको छ ।