site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थ मन्त्रालयले बजेट नदिएपछि विपन्न भत्ता अन्योलमा 

काठमाडौं । सरकारले यही माघदेखि दिने भनेको ५ हजार विपन्न भत्ता अन्योलमा परेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल गरेर माघदेखि यस्तो भत्ता दिने बताएको थियो । तर, अर्थ मन्त्रालयले भने कुनै कार्यविधिबिना हचुवाको भरमा रकम निकासा गर्न नमिल्ने जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले चालु आर्थिक वर्षको बजेटमा उल्लेख नभएको र स्वास्थ्य मन्त्रालायले एकलौटी रुपमा बीचमा ल्याएकाले मन्त्रालयले रकम निकासा गर्न नमिल्ने बताए । उनले भने, “केही वर्षअघि एउटा कोष थियो, त्यो कोषबाट भने बीच–बीचमा रकम निकासा गर्न मिल्थ्यो । तर अहिले त्यो व्यवस्था छैन । मदिरा र सुर्तिजन्य पदार्थ कर भनेर मन्त्रालयले बेग्लै छुट्याएर रकम राख्दैन । ” 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रीराम गिरीले विपन्न भत्ता माघबाट दिने तयारी भए पनि अहिलेसम्म अर्थ मन्त्रालयबाट रकम निकासा नभएको बताए । कहिलेबाट दिने भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । “अहिलेसम्म कति विपन्न बिरामी छन् भन्ने आधिकारिक तथ्यांक पनि छैन,” प्रवक्ता गिरीले भने ।

स्वास्थ्य मन्त्रालयले मिर्गौला डायलासिस गराइरहेका, क्यान्सरको किमो लिइरहेका र स्पाइनल इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने बताएको थियो । यस्ता बिरामीलाई भत्ता दिने निर्णय मन्त्रिपरिषदबाट पनि गएको पुस १३ गते पारित भएको थियो । 

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । त्यस्तै मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार तथा प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ०६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro