site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मौसमी सूचनामा सुधार ल्याउन देशैभर स्टेशन स्थापना गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । मौसमको सही सूचना समयमै पाएमा हवाई दुर्घटना कम गर्न सकिने निष्कर्ष अधिकांश हवाई दुर्घटनापछिका प्रतिवेदनहरुको छ । मौसमी सूचना हवाई उडानको लागिमात्रै नभई दैनिक जीवनका हरेक क्रियाकलापमा आवश्यक देखिन्छ ।

मौसमी सूचना केन्द्रमार्फत कृषिमा ताप तथा चिस्यानको अवस्था, नदी तथा खोलाहरुमा जलप्रवाहको अवस्था, वायुमण्डलमा तापक्रम, वर्षा तथा हावाको चापको अवस्था पत्ता लगाउन सकिने मौसमविद् बताउछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रिसिपिटेसन, क्लाइमेट, एग्रोमेट, सिनप्टिक तथा एरोसनप्टिक गरी नेपालमा अहिले झण्डै ४ सय स्टेशन रहेका छन् । तर ती स्टेशनहरु सबै स्वचालित छैनन् । स्टेशनहरुलाई स्वचालितमा रुपान्तरण गर्न सके सूचना अद्यावधिक गर्न धेरै सहज हुने वरिष्ठ मौसमविद् शिवप्रसाद नेपालको भनाइ छ ।  

मौसमी सूचनालाई स्पष्ट र यथार्थपरक बनाउन नेपाल सरकार जल तथा मौसम विज्ञान विभागले विश्व बैंकको सहयोगमा पिपिसिआर आयोजनाअन्तर्गत देशका विभिन्न स्थानमा स्वचालित मौसम केन्द्र (अटोमेटिक वेदर स्टेसन) स्थापना गर्न लागेको हो । विभागका वरिष्ठ मौसमविद् नेपालले देशका ८८ स्थानमा मौसमी जानकारी दिने स्वचालित स्टेशन तथा ७० स्थानमा जल प्रवाह नाप्ने हाइड्रोलोजिकल स्टेशन गरी १५८ स्टेशन स्थापना गर्ने काम भइरहेको जानकारी दिए ।

Global Ime bank

उनले भने, “त्यसका लागि हामी काम गरिरहेका छौं, आवश्यक सामान आइसकेको छ, अब जडानको प्रक्रियामा जाँदैछौं ।” यसै आर्थिक वर्षभित्र स्वचालित मौसम केन्द्र (अटोमेटिक वेदर स्टेसन) खडा गरी मौसमी भविष्यवाणीलाई वैज्ञानिक बनाउने प्रयत्न भइरहेको उनले बताए । ८८ वटा स्वचालित मौसमी सूचना केन्द्रमध्ये २९ वटा कृषिलाई सहायता पुर्याउने एग्रोमेट स्टेशन, २० वटा हवाई उडानलाई सहयोग पुर्याउने स्टेशन तथा बाँकी मौसमी स्टेशनहरु रहने उनले जानकारी दिए ।

कीर्तिपुरमा रेडियोसाउन्ड, सुर्खेत, उदयपुर र पाल्पामा मौसमी राडार 
उच्च वायुमण्डलीय हावाको गति, दिशा, तापमान तथा वायुमण्डलीय चाप पत्ता लगाउन काठमाडौंको कीर्तिपुरमा रेडियोसाउन्ड स्टेशन सुरु गरिँदै छ । मौसमविद् नेपालले भने, “हामीसँग हालसम्म उच्च वायुमण्डलीय मौसमी अवस्था जानकारी लिने व्यवस्था थिएन, त्यसैले यो पहल गरेका हौं । यसअन्तर्गत हामी हरेक दिन बिहान पौने ६ बजे मा बेलुन उडाउँछौं ।”

नेपालले दिएको जानकारी अनुसार मौसमी सूचनालाई अझ भरपर्दो बनाउन पिपिसिआर आयोजनाअन्तर्गत सुर्खेतमा मौसमी राडार स्थापनाको काम भइरहेको छ भने नेपाल सरकारको आफ्नै लगानीमा उदयपुरको चित्रेडाँडा र पाल्पाको रिब्दिकोटमा मौसमी राडार राख्ने तयारी भइरहेको छ । यो राडारले पानी पार्ने सम्भावना भएको बादलको सूचना प्रदान गर्छ । यस्ता सूचना केन्द्रले केही हदसम्म भए पनि हवाई दुर्घटना कम गर्न मद्दत गर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय