site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दाङका सरकारी कार्यालय आन्दोलनकारीको कब्जामा

दाङ । दाङको आन्दोलन थप चर्किँदै गएको छ । शुक्रबार आन्दोलनकारीहरुले सरकारी कार्यालयहरु आफ्नो कब्जामा लिएका छन् ।

गत मंगलबारदेखि झन् झन् कडा बन्दै गैरहेको प्रादेशिक राजधानी हुनुपर्ने मागसहित शुक्रबारसम्म आईपुग्दा सरकारी कार्यालय केन्द्रित बनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार बिहान कार्यालय समयमा आन्दोलनकारीहरुले घोराहीका सम्पुर्ण सरकारी कार्यालयहरुलाई आफ्नो कब्जामा लिएका हुन् । घोराहीको जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका, दाङ देउखुरी जिल्ला अदालत लगाएतका सरकारी कार्यालय आन्दोलनकारीहरुले कब्जामा राख्दै  सरकारले तत्काल निर्णय नसच्याए आन्दोलन झनै कडा बन्दै जाने चेतावनी दिएका छन ।

सरकारी कार्यालय बन्द गरिने भनिए पनि कार्यालय खोलेको पाईएपछि आन्दोलनकारीहरुले कार्यालयमा पुगेर कर्मचारीहरुलाई बाहिर निकालेका छन् । कर्मचारीहरुलाई कार्यालयबाट बाहिर निकालेर कार्यालय कब्जा गरेका हुन् । कार्यालयमा कुनै क्षति भने गरिएको छैन । 

दाङलाई प्रदेश राजधानी तोक्न माग गर्दै आन्दोलन गर्दै आईरहेका दाङका विभिन्न राजनीतिक दल, नागरिक समाजले आन्दोलनलाई झनै कडा बनाउने बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १३:२८
प्रतिक्रिया दिनुहोस्