site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा २४ सयले बढ्यो
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा मंगलबार (असार १७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ५०० रुपैयाँ कायम छ । सोमबार (असार १६) छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्