site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ज्ञानेन्द्र शाहीले मागे रामहरि खतिवडाको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् । मंगलबार (असार १७) सिंहदरबारमा सञ्चारकर्मीसँग उनले ‘कुलिङ पिरियड’मा गरिएको चलखेलबारे नैतिकताका आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

उक्त चलखेल जघन्य अपराध भएको उनले उल्लेख गरे । यसले देशलाई फाइदा नहुने उनले बताए । “यो जघन्य अपराध हो । यसको छानबिन होस् । कानुन बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दछ,” उनले भने, “यो त राज्य अपराध हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसदहरूको महत्त्वलाई नै छेडखानी गर्ने विषय राज्यविरुद्धको कसुर भएको उनले टिप्पणी गरे । कर्मचारीले यो हर्कत गरेका भए राज्यविरुद्धको कसुर लगाएर सजाय हुनुपर्नेमा उनले जोड दिए ।

“समितिका सभापतिले आफूले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,” उनले भने, “कर्मचारीले यो हर्कत गरेका हुन् भने राज्यविरुद्धको कसुर लगाएर अपराध गर्नेलाई सजाय हुनुपर्छ । राज्यको नियम बनाउने कुरामा यस्तो हुँदैन ।”

०८० फागुनमा संसद्‌मा दर्ता विधेयकमा ‘संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवानिवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो । यसबाट संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन । सरकारीबाहेक निजी र गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो ।

समितिबाट पारित विधेयकमा ‘संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक’ भन्ने शब्द राखिएको थिएन । तर, प्रतिनिधिसभामा पुग्दा ‘बाहेक’ भन्ने शब्द राखेको पाइएपछि विवाद छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्