site stats
बाह्रखरी :: Baahrakhari
देश
कपन आसपास मध्यम वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो एक घण्टामा काठमाडौंको कपन र आसपास क्षेत्रमा मध्यम वर्षा भएको छ । मंगलबार राति ८:४० बजे जल तथा मौसम विज्ञान विभागले ती क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार, सो क्षेत्रहरू भइ बहने धोवीखोला कपन र धोवीखोला चाबहिल जलमापन केन्द्रमा जलसतह बढ्दो छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बुधबार बिहानसम्मै सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्