site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘रियल नेटवर्थ ९०’ लाई आईपीओ अनुमति दिन नियमन आयोगलाई बोर्डको पत्र
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विद्युत् नियमन आयोगलाई ‘रियल नेटवर्थ ९०’ माथि भएका कम्पनीको प्राथमिक सेयर निष्कासनको अनुमति दिन पत्र काटेको छ । सार्वजनिक लेखा समितिको निणर्यलाई आधार देखाएर बोर्डले ९० नेटवर्थमाथि भएका कम्पनीलाई मात्र आईपीओको अनुमति दिन भनेको छ ।

बोर्डले पठाएको पत्रमा भनिएको छ, “उपर्युक्त सम्बन्धमा सम्मानित सार्वजनिक लेखा समितिको मिति २०८०।०९।१२ को बैठकबाट पूनः मूल्यांकन नगरी रियल नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्रै प्राथमिक सेयर (आईपीओ) जारी गर्न दिने गरी कार्य सम्पादन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन प्राप्त भएको सन्दर्भमा तह आयोगले संगठित संस्थाहरूलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गर्दा सम्मानित समितिको उल्लेखित निर्देशनलाई समेत मध्यनजर गरी सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ ।”

लेखा समितिले धितोपत्र बोर्डलाई आफ्नो क्षेत्राधिकार मिच्दै नेटवर्थ ९० बढी भएको आयोजनाको मात्र सेयर निष्कासन गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्