देश

काठमाडौं । महोत्तरी प्रहरीले ठूलो परिमाणमा अवैध सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले प्रदेश–२–०३–००१ख०५५७ नम्बरको ट्रकसहितसहित त्यहाँ ‘लोड’ गरिएको ८९ बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
बिहीबार (जेठ २९) बिहान बर्दिबासको बयलबास टोलमा रोकिराखेको ट्रक जाँच गर्दा अवैध सुर्ती फेला परेको उक्त कार्यालयका प्रमुख एवं डीएसपी विकास बमले जानकारी दिए ।
सुर्तीको तौल तीन हजार ५४० किलोग्राम छ । ट्रकचालक र धनी को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ १३:१८
प्रतिक्रिया दिनुहोस्