site stats
बाह्रखरी :: Baahrakhari
देश
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपालको नाम सिफारिस
महेशकुमार नेपाल । फाइल तस्बिर ।

काठमाडौं । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद् सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटाअन्तर्गत उनको नाम दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (जेठ २९) आफ्नो नाम सिफारिस गरेका वरिष्ठ अधिवक्ता नेपालले बताए । उनले बाह्रखरीसँग भने, “आजै मात्र नाम सिफारिस भएको छ । अब संसदीय सुनुवाइपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्याय परिषद्मा यसअघि सिफारिस सदस्य रामप्रसाद भण्डारीको कार्यकाल आउँदो असार १० गते सकिँदै छ । उनका स्थानमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् ।

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरे राष्ट्रपतिले नियुक्त गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्