
काठमाडौं । सत्तापक्ष र प्रतिपक्ष दल सहमतिको प्रयासमा जुटेका छन् । अहिले सहमतिको मस्यौदामा छलफलमा भइरहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
सदनको अवरोध खुलाउने विषयमा अहिले मस्यौदामा काम भइरहेको तर भाषा मिल्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
दलहरूबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठकको समय सारिएको छ । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि आजै अपराह्न ५:३० बजे बस्ने गरी तय गरिएको छ ।
आज दिउँसो १ बजे बैठक बस्ने पूर्वनिर्धारित कार्यसूची थियो । तर, सत्तापक्ष र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३:१५ का लागि बैठक सारिएको थियो ।
यस अवधिमा पनि सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले आजै अपराह्न ५:३० बजेका लागि बैठक तय गरेका हुन् ।