राजनीति

काठमाडौं । संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले स्वेच्छिक अवकाश लिएका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सभापति रहने सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको गत सोमबारको बैठकले संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ४८ को उपदफा (२) र दफा ५० को उपदफा (३) बमोजिम उनको राजीनामा स्वीकृत भएको छ ।
खड्का २०५१ चैत महिनामा शाखा अधिकृतको रुपमा संसद् सेवामा प्रवेश गरेका थिए । २०५९ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै उनी २०७७ मा सचिव भएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १७:४७
प्रतिक्रिया दिनुहोस्