राजनीति

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा २० वर्षपछि सर्वोच्च अदालतले बिउँत्याइदिएको छ ।
काभ्रेका अर्जुल लामा हत्या अभियोगमा सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको अनुसन्धान अब अघि बढ्ने भएको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले हत्या गरिएका लामाकी पत्नी पूर्णीमायाको रिटमा उत्प्रेषणको आदेश जारी गर्दै सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउने बाटो खुल्ला गरिदिएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १७:४८
प्रतिक्रिया दिनुहोस्