अर्थ व्यवसाय

काठमाडौं । नेपाल एसबिआई बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, वडा–४, मनौरास्थित रामजानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामग्री प्रदान गरेको छ ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख, शिव दाहालले रामजानकी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १६:४१
प्रतिक्रिया दिनुहोस्