-1748947400.jpeg)
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ ।
बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयमा एक हजार फलफूलको बिरुवा रोपेकोे हो । उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, विद्यालयका प्रतिनिधि र विद्यार्थीसहित स्थानीयको उपस्थिति थियो ।
साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरूमा एक हजार पाँचसय बाँसका बिरुवा रोपेको हो ।
बैंकले सञ्चालन गरेको उक्त वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधि र स्थानीय व्यक्तिको ठूलो उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार विरुवा रोप्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ ।
बैंकले विश्व वातावरण दिवसको अवसर पारेर सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ । साथै, उक्त वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।